ग्लोबल


बेलायतका लागि रुसी राजदूत भन्छन्: जेलेन्स्कीको कार्यकाल सकियो, युक्रेनमा चुनाव आवश्यक

बेलायतका लागि रुसी राजदूत भन्छन्: जेलेन्स्कीको कार्यकाल सकियो, युक्रेनमा चुनाव आवश्यक

बेलायतका लागि रुसी राजदूत आन्द्रेई केलिन


नेपालखबर
फागुन ८, २०८१ बिहिबार २१:३, काठमाडौँ

बेलायतका लागि रुसी राजदूत आन्द्रेई केलिनले युक्रेनमा चुनाव गराउनु आवश्यक रहेको बताएका छन्।

बीबीसीको न्युजनाइट कार्यक्रममा उनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको समयावधि सकिएकाले निर्वाचन हुनुपर्ने बताएका हुन्। 

युक्रेनमा जारी युद्ध अन्त्य गर्ने विषयमा हालै अमेरिकी विदेशमन्त्री मार्को रुबियो र रुसी विदेशमन्त्री सर्गेई लाभरोबबीच साउदी अरेबियामा शान्ति वार्ता भएको थियो।

तर वार्तामा आफूलाई नबोलाइएकाले सहमति मान्य नहुने जेलेन्स्कीले बताएका थिए।

रुसले युक्रेनका विषयमा झुट बोलेको आरोप लगाउँदै उनले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प त्यसैमा रुमलिएको टिप्पणी गरेका थिए। 

जसको जवाफमा ट्रम्पले भोलोदिमिर जेलेन्स्की चुनावबिनाको तानाशाह भनेका थिए। 

जेलेन्स्कीको राष्ट्रपतीय कार्यकाल मे २०२४ मा समाप्त हुने थियो। 

तर फेब्रुअरी २०२२ मा रुसले आक्रमण गरेपछि युक्रेनमा मार्सल  ल लागू गरिएको छ, जसका कारण चुनाव हुन सकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad