ग्लोबल


विमान टुक्राटुक्रा हुँदा हेलिकोप्टर सग्लै

विमान टुक्राटुक्रा हुँदा हेलिकोप्टर सग्लै

नेपालखबर
माघ १७, २०८१ बिहिबार १५:१४,

वासिङ्टन डीसीमा अमेरिकन एयरलाइन्सको विमान र सेनाको ब्ल्याक हक हेलिकोप्टर ठोक्किएपछि भएको दुर्घटनापछि हराइरहेकाहरूको खोजी भइरहेको छ। 

हालसम्म १९ जनाको शव फेला पारिएको बताइएको छ।

दुर्घटनापछि विमान पोटोम्याक नदीमा खसेको छ। जसका कारण विमान टुक्राटुक्रा भएको छ भने हेलिकोप्टर उत्तानो परेर खसेको छ। यद्यपि, हेलिकोप्टर लगभग सग्लै भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले बताएका छन्।

यो अमेरिकामा १६ वर्षपछि भएको ठूलो दुर्घटना हो। विमानमा ६४ जना सवार थिए भने हेलिकोप्टरमा ३ जना सैनिक थिए।

३ सयजना उद्धारकर्ताहरूले जीवितको खोजी गरिरहेको बताइएको छ। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad