ग्लोबल


महाकुम्भ मेलामा भागदौडः आफन्त हराएपछि रुवाबासी

‘भागदौड मच्चिँदा मेरो हात उहाँको हातबाट फुत्कियो र उहाँ गायब हुनुभयो’
महाकुम्भ मेलामा भागदौडः आफन्त हराएपछि रुवाबासी

नेपालखबर
माघ १६, २०८१ बुधबार १४:१३, काठमाडौँ

भारतको उत्तर प्रदेश राज्यस्थित प्रयागराजमा आयोजित महाकुम्भ मेलामा भएको भागदौडपछि धेरै मानिस बेपत्ता रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

परिवारका सदस्यहरूले मेलामा हराइरहेका आफन्त खोजिरहेका छन्।

बीबीसी हिन्दीका अनुसार झाँसीबाट कुम्भमा आएकी अनिता देवी आफ्नो श्रीमान् हराएपछि खोजीमा भौतारिरहेकी छन्। दुवै जना कुम्भमा स्नान गर्न आएका थिए। तर मंगलबार राति भएको भागदौडपछि उनका पति बेपत्ता छन्। 

अनिता देवीले भनिन्, “उहाँ (पति) लाई औषधि चाहिन्छ। मसँग उहाँको औषधि छ। भागदौड मच्चिँदा मेरो हात उहाँको हातबाट फुत्कियो र आँखा झिमिक गर्न नपाउँदै उहाँ गायब हुनुभयो। धेरै घण्टा बितिसक्यो तर फेला पार्न सकिनँ। यस वर्ष यहाँ धेरै हराएका र भेटिएकाका लागि केन्द्र खोलिएका छन्। मैले ती केन्द्रमा उहाँलाई भेटिनँ। उहाँ कहाँ जानुभयो, मलाई थाहा छैन। तपाईं जहाँ भए पनि जीवित र सुरक्षित रहोस् भनी म भगवान्‌सँग प्रार्थना गर्दछु।

अनिता देवीजस्तै धेरैजना आफन्त हराएकार भौतारिइरहेका छन्। 

भागदौडमा कति जना हताहती भए भन्ने विषयमा भारतीय सञ्चारमाध्यमपिच्छे फरक-फरक कुरा आइरहेका छन्। हिन्दुस्तान टाइम्सले भने कम्तीमा १५ जनाको मृत्यु भएको उल्लेख गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad