इजरायल र हमासबीचको युद्ध सुरु भएको लगभग १५ महिनापछि आइतबार (जनवरी १९) देखि गाजामा अन्ततः युद्धविराम लागू भएको छ। यसको अर्थ इजरायल र हमासबीचको युद्ध अब रोकिनेछ।
इजरायली जेलमा रहेका प्यालेस्टिनी कैदीहरूको बदलामा हमासद्वारा बन्धक बनाइएका इजरायली नागरिकलाई चरणबद्ध रूपमा रिहा गरिनेछ।
युद्धविरामबारे तपाईंले जान्नुपर्ने ७ महत्त्वपूर्ण कुरा:
-युद्धविराम स्थानीय समयअनुसार ११:१५ बजे (०९:१५ जीएमटी) सुरु भयो। निर्धारित समयभन्दा तीन घण्टा ढिला सुरु भयो।
-युद्धविराम सुरु हुनुभन्दा ठीक अगाडि इजरायलले हमासले पहिले रिहा गर्ने बन्धकहरूको नामको सूची उपलब्ध नगराएसम्म अगाडि बढ्न नसक्ने बताएको थियो।
-हमासले ढिलाइका लागि ‘प्राविधिक कारण’लाई दोष दियो। पछि उसले तीन जनाको नाम सार्वजनिक गर्यो, जसलाई सबैभन्दा पहिले रिहा गरिने बताइएको थियो।
-युद्धविराम ढिला भएको समयमा पनि गाजामा इजरायली हवाई आक्रमण जारी रह्यो। हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सीको तथ्यांकअनुसार यी आक्रमणमा कम्तीमा १९ जनाको मृत्यु भएको छ।
-आइतबार बिहानको ढिलाइले इजरायली बन्धक र प्यालेस्टिनी कैदीबीचको पहिलो आदानप्रदानको समयमा कस्तो प्रभाव पार्छ भन्ने कुरा अझै थाहा छैन। कैदीबन्दी साटासाट स्थानीय समयअनुसार अपराह्न ४:०० बजे (१४:०० जीएमटी) हुने तालिका थियो।
-राहत सामग्रीले भरिएका हजारौँ ट्रक गाजा प्रवेश गर्न पर्खिरहेका छन्। मानवीय राहत एजेन्सीको मुख्य मागमध्ये एक युद्धविराम सम्झौताका सर्तअनुसार गाजामा आवश्यक सहायता पुर्याउनु हो।
यसैबीच, युद्धविरामप्रति असन्तुष्टि व्यक्त गर्दै इजरायली सरकारका रक्षामन्त्री तथा अति दक्षिणपन्थी पार्टीका प्रमुख इटामार बेन ग्विरले राजीनामा दिएका छन्। उनले युद्धविराम ‘आतंकवादको विजय’ भएको टिप्पणी गरेका छन्।
Shares

प्रतिक्रिया