अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टरको निधन भएको छ।
बीबीसीका अनुसार सय वर्षीय कार्टरको आइतबार (डिसेम्बर २९) को दिन अमेरिकाको जर्जियामा निधन भएको हो।
कार्टर सेन्टरले जारी गरेको विज्ञप्तिअनुसार जिमी कार्टर आइतबार जर्जियामा रहेको उनको घरमा परिवारकाबीच बितेका हुन्।
उनको निधनप्रति अमेरिका वर्तमान राष्ट्रपति जो बाइडेन र नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन्।
१९२४ अक्टोबर १ मा जन्मिएका कार्टर १९७७ देखि १९८१ सम्म अमेरिकाको राष्ट्रपति बनेका थिए।
आर फोर्डलाई हराएर उनी अमेरिकाको ३९औँ राष्ट्रपति बनेका थिए।
मध्यपूर्वमा शान्ति स्थापनाका लागि ऐतिहासिक क्याम्प डेभिड सम्झौता गर्न मध्यस्थता गरेकाले उनलाई सन् २००२ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो।
432
Shares

प्रतिक्रिया