ग्लोबल


कोरोना संक्रमणले युरोप आक्रान्त : एकैदिन इटालीमा ३४५ र स्पेनमा १९१ को मृत्यु

कोरोना संक्रमणले युरोप आक्रान्त : एकैदिन इटालीमा ३४५ र स्पेनमा १९१ को मृत्यु

नेपालखबर
चैत ५, २०७६ बुधबार ४:८,

युरोपमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण तिब्र गतिमा फैलिँदै गएको छ।

मंगलबार स्पेनमा थप दुई हजार व्यक्तिमा कोरोना पुष्टि भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म कोरोना संक्रमणका कारण स्पेनमा पाँच सय ३३ जनाको मृत्यु भइसकेको छ।

मंगलबार मात्रै स्पेनमा १९१ जनाको मृत्यु भएको छ। संक्रमितको संख्या ११ हजार भन्दा बढी पुगेको छ।

युरोपमा कोरोना भाइरसका कारण बढी प्रभावित हुने इटालीपछि स्पेन दोस्रो मुलुक हो।

त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट इटालीमा ३ सय ४५ जनाको मृत्यु भएको छ।

यस अवधिमा थप ३ हजार ५ सय २६ मा यसको सक्रमण देखिएको छ।

बुधबार बिहानसम्म इटालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २५ सय ३ पुगेको छ। इटालीमा संक्रमितको संख्या ३१ हजार भन्दा धेरै पुगेको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन्।

चीनपछि इटाली, स्पेन र इरान कोरोना संक्रमणबाट बढी प्रभावित बनेका छन्। चीनमा लगभग कोरोना संक्रमण नियन्त्रणमा आइरहँदा युरोपियन मुलुकमा यसको महामारी तिब्र गतिमा फैलिँदै गएको छ।

त्यसैगरी इरानमा मंगलबार थप १३५ जनाको मृत्यु भएको छ। एकैदिन संक्रमणबाट थप एक हजार ७ सय ७८ जना प्रभावित बनेका छन्। अहिलेसम्म इरानमा कोरोनाको कारण ९ सय ८८ जनाको मृत्यु भइसकेको छ। संक्रमित १६ हजारभन्दा धेरै छन्।

विश्वव्यापी महामारीको रुप लिएको कोरोना विश्वका १६० भन्दा बढी देशमा फैलिइसकेको छ।

बुधबार बिहानसम्म यसको संक्रमणबाट ७ हजार ९ सय ६५ जनाको मृत्यु भइसकेको छ। २ लाख भन्दा धेरै यसबाट संक्रमित छन्। छिमेकी देश भारतमा काेराेनाबाट तीन जनाकाे ज्यान गइरसकेकाे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad