ग्लोबल


पश्चिमी प्रभाव रोक्न अफ्रिकी देशका विदेश मन्त्रीहरूसँग बैठक गर्दै रुस

पश्चिमी प्रभाव रोक्न अफ्रिकी देशका विदेश मन्त्रीहरूसँग बैठक गर्दै रुस

भ्लादिमिर पुटिन


नेपालखबर
कात्तिक २४, २०८१ शनिबार १३:१४, काठमाडौँ

रुसले शनिबार र आइतबार अफ्रिकी विदेश मन्त्रीहरूसँग बैठक आयोजना गर्दै छ।

बीबीसीका अनुसार रुसको सोचीस्थित ब्ल्याक सी रिसोर्टमा हुने बैठकको उद्देश्य मस्कोसँगको राजनीतिक, आर्थिक र सुरक्षा सम्बन्धलाई सुदृढ गर्नु र यस क्षेत्रमा पश्चिमी प्रभाव रोक्नु हो।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अफ्रिकामा आफ्नो प्रभाव बढाउन धेरै देशमा परमाणु ऊर्जा केन्द्र निर्माण गर्ने वाचा गरेका छन्।

अफ्रिकाका नाइजर, माली र बुर्किना फासोजस्ता देशमा कुपछि तिनका सैन्य शासनले फ्रान्ससँगको सम्बन्ध तोडेको छ र रुससँग सुरक्षा सहयोग मागेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad