ग्लोबल


उत्तर प्रदेशमा टेलरमा पुरुषले महिलाको शरीर नाप्न नपाउने!

उत्तर प्रदेशमा टेलरमा पुरुषले महिलाको शरीर नाप्न नपाउने!

प्रतीकात्मक तस्बिर


नेपालखबर
कात्तिक २३, २०८१ शुक्रबार १९:४४, काठमाडौँ

भारतको उत्तर प्रदेशमा महिला आयोगको नयाँ प्रस्तावको निकै चर्चा भइरहेको छ। यदि यो प्रस्ताव कार्यान्वयन भयो भने महिलासँग सम्बन्धित धेरै कुरा परिवर्तन हुनेछन्। जसमा उनीहरूका दर्जीदेखि जिम प्रशिक्षकसम्मका कुरा छन्।

यसले महिलालाई मात्र नभई उनीहरूलाई सेवा दिने पुरुषहरूलाई पनि असर गर्छ। हो, राज्य महिला आयोगले उत्तर प्रदेशमा महिलाहरूलाई पुरुषको गलत स्पर्श र नियतबाट जोगाउन प्रस्ताव गरेको छ।

यसअन्तर्गत अब राज्यका पुरुष दर्जीले लुगा सिलाउँदा महिलाको नाप लिन पाउने छैनन्। महिलाको नाप लिन पसलमा महिला दर्जी नै नियुक्त गर्नुपर्नेछ। त्यसैगरी जिममा महिलाका लागि छुट्टै महिला प्रशिक्षक पनि राख्न प्रस्ताव गरिएको छ।

आयोगका अध्यक्ष बबिता चौहानले महिलाको सुरक्षा र रोजगारीका लागि यो प्रस्ताव महत्त्वपूर्ण साबित हुने दाबी गरिन्। मेरो बिन्ती छ- जिममा महिलाका लागि महिला प्रशिक्षक मात्र हुनुपर्छ र महिलाको नाप लिन टेलरमा महिला मात्र हुनुपर्छ।

पहिले ब्युटी पार्लरमा महिला कर्मचारी मात्रै हुने गरेमा अहिले पुरुष कर्मचारी पनि हुन थालेको उनले बताइन्। आजकल दुलहीको मेकअप पनि पुरुष कर्मचारीले नै गर्ने गरेका छन्। म चाहान्छु- यदि कुनै महिलाले पार्लरमा पुरुष कर्मचारीको सेवा लिन चाहन्छ भने लिखित रूपमा दिनुपर्छ।

उनले पार्लर, जिम र टेलरमा पुरुष कर्मचारी छन् कि छैनन् भन्ने कुरा प्रहरीले प्रमाणीकरण गर्नुपर्ने प्रस्ताव राखेकी छन्। उनले यो प्रस्तावमा आयोगका सबै सदस्यको समर्थन रहेको बताइन्।

भारतीय सञ्चारमाध्यमका अनुसार महिला सुरक्षा र अधिकार संरक्षणका लागि अक्टोबर १४ मा बसेको आयोगको बैठकले जिम, योग केन्द्र विद्यालय, थिएटर कला केन्द्र, बुटिक र कोचिङ सेन्टरहरूमा महिला तथा बालिकाको सुरक्षा र सम्मानको प्रत्याभूति गर्न सबै जिल्ला अधिकारीलाई निर्देशन दिएको बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad