ad ad

ग्लोबल


युक्रेनको दाबी– रुसको पनडुब्बी डुबाइदियौँ

युक्रेनको दाबी– रुसको पनडुब्बी डुबाइदियौँ

फाइल तस्बिर


नेपालखबर
साउन २०, २०८१ आइतबार ८:२४, काठमाडौँ

युक्रेनी सेनाले रुसको कब्जामा रहेको क्रिमियाको बन्दरगाहमा पार्क गरिएको रुसी पनडुब्बीमाथि आक्रमण गरी डुबाएको दाबी गरेको छ।

युक्रेनका जनरल स्टाफले विज्ञप्ति जारी गरी २०१४ मा लन्च गरिएको रुसको किलो क्लास युद्ध पनडुब्बी रोस्टोभ–अन–डन शुक्रबार क्षेप्यास्त्र आक्रमणबाट डुबाइएको दाबी गरेको हो। 

रुसी पनडुब्बी रोस्टोभ–अन–डनमा शुक्रबार बन्दरगाह सहर सेभास्टोपोलमा यो हमला गरिएको हो।

यो पनडुब्बी रुसको ब्ल्याक सीमा सञ्चालनमा रहेका चार पनडुब्बीमध्ये एक हो। कालो सागरमा रुसद्वारा सञ्चालित फ्लिट क्यालिबर क्रुज मिसाइल प्रहार गर्न सक्षम छ।

रुसको रक्षा मन्त्रालयले युक्रेनको यो दाबीबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।

युक्रेनी अधिकारीहरूका अनुसार यस हमलामा रुसले गैरकानुनी रूपमा कब्जा गरेको क्षेत्रको सुरक्षा गर्दै आएका चार एस–४०० वायु रक्षा प्रणाली पनि ध्वस्त पारिएको छ। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .