ad ad

ग्लोबल


हमास र इजरायलबीच युद्धविराम लम्ब्याउने कोसिस, कस्ता बन्दी भए मुक्त?

हमास र इजरायलबीच युद्धविराम लम्ब्याउने कोसिस, कस्ता बन्दी भए मुक्त?

नेपालखबर
मंसिर ११, २०८० सोमबार १९:५३,

हमास र इजरायलबीचको चारदिने युद्धविरामको अवधि सकिन लाग्दा यसलाई लम्ब्याउने कोसिस चलिरहेको छ। इजरायलले युद्धविराम लम्ब्याउन हमासले प्रतिदिन १० बन्धक छाड्नुपर्ने बताएको छ।

तीन दिनमा हमासले ५८ बन्दीलाई छाडेको छ भने इजरायलले ११७ जना बन्दी मुक्त गरेको छ।

हालसम्म हमासले मुक्त गरेकाहरुमा ४० जना इजरायली छन्। शुक्रबार १३, शनिबार १३ र आइतबार १४ जना इजरायलीलाई हमासले छाडेको हो।

मुक्त भएकामध्ये २१ जना १८ वर्ष वा सोभन्दा कम छन्। सात जना महिला ६५ र सोभन्दा माथिका छन्।

यसभन्दा बाहेक एक रुसी–इजरायली नागरिक छुटेका छन्।

१८ विदेशी नागरिकमध्ये १७ थाई र एक फिलिपिनो छन्।

यी विदेशीहरु इजरायल–हमास सम्झौताअन्तर्गत मुक्त भएका होइनन्। हमासले ती मुलुकसँग बेग्लै सहमति गरेको थियो।

इजरायलका तर्फबाट हालसम्म ११७ प्यालेस्टाइनी महिला तथा बालबालिका छुटेका छन्। हरेक दिन ३९ जनाको दरले इजरायलले बन्दी छाडेको हो।

छुटेकामध्ये २८ जना वयष्क महिला हुन्। २ जना १८ वर्षमुनिका केटीहरु छन् भने ८७ जना १८ वा सोमुनिका केटाहरु हुन्।

तीमध्ये ४१ जनालाई अदालतमा मुद्दा चलाएर सजाय दिइएको थियो भने ७६ जनालाई यसै थुनिएको थियो।

तर, यही तीन दिनमा इजरायलले वेस्ट ब्यांकमा ११६ जना प्यालेस्टाइनीहरुलाई गिरफ्तार गरिसकेको बताइएको छ।

सोमबार थप बन्दी मुक्त हुन्छन् कि हुँदैनन् भन्ने स्पष्ट छैन। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .