ad ad

ग्लोबल


प्यालेस्टिनी लडाकुसँग झडप भएपछि इजरायली सेनाले वेस्ट ब्यांकमा गर्‍यो हवाई हमला

प्यालेस्टिनी लडाकुसँग झडप भएपछि इजरायली सेनाले वेस्ट ब्यांकमा गर्‍यो हवाई हमला

आइतबार जेनिन क्याम्पमा इजरायली हवाई आक्रमणमा दुई जनाको मृत्यु भएको थियो।


नेपालखबर
कात्तिक ८, २०८० बुधबार १०:०, काठमाडौँ

इजरायली सेनाले कब्जा गरेको वेस्ट ब्यांक क्षेत्रमा रहेको जेनिन क्याम्पमा ड्रोनबाट आक्रमण गरेको छ।

जेनिन क्याम्पमा प्यालेस्टिनी र इजरायली सेनाबीच भएको झडपपछि यो हमला गरिएको बीबीसीले जनाएको छ। 

इजरायलको सेनाले सामाजिक सञ्जालमार्फत ड्रोन आक्रमणको जानकारी दिएको हो। 

इजरायली प्रतिरक्षा फौज (आईडीएफ) ले सशस्त्र ‘आतंकवादी’सँग भिडन्तका क्रममा दुई जनालाई पक्राउ पनि गरिएको जनाएको छ।

यो हिंसात्मक झडप इजरायलको जेनिन क्याम्पनजिकै सशस्त्र गस्तीका क्रममा भएको हो। 

प्यालेस्टिनी लडाकुले इजरायली सैनिकलाई गोली र बम प्रहार गरेपछि झडप सुरु भएको इजरायलको दाबी छ। 

आईडीएफले विज्ञप्तिमार्फत ड्रोन आक्रमण ‘निर्धारित लक्ष्य’ मा गरिएको बताएको छ।

रिपोर्टअनुसार झडपमा कुनै पनि इजरायली सैनिक घाइते भएका छैनन्।

आइतबार इजरायलले जेनिन क्याम्पमा रहेको मस्जिदमा हवाई आक्रमण गरेको थियो। उक्त मस्जिदलाई ‘आतंकवादी गतिविधि’का लागि प्रयोग गर्ने गरिएको उसको दाबी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .