ad ad

ग्लोबल


इजरायलविरुद्ध लेबनान पनि उत्रियो, हमासद्वारा २ सय इजरायली बन्धक, दुवैतर्फ ५५६ को मृत्यु

इजरायलविरुद्ध लेबनान पनि उत्रियो, हमासद्वारा २ सय इजरायली बन्धक, दुवैतर्फ ५५६ को मृत्यु

नेपालखबर
असोज २१, २०८० आइतबार १४:५, काठमाडौँ

हमास र इजराइलबीच शनिबार सुरु भएकव युद्ध दोस्रो दिन पनि जारी छ। इजरायलले बताए अनुसार आइतबारसम्म उसका २६ सैनिक मारिएका छन्। 

अर्कातिर आइतबार बिहान लेबनानको चरमपन्थी संगठन हिजबुल्लाहले पनि इजरायलमाथि मोटार्ट हानेको छ। जवाफमा इजयरायलले पनि लेबनानमा एयर स्ट्राइक सुरु गरेको छ। 

हमासले ७ अक्टोबर एकै दिन इजरायलविरुद्ध ५ हजार रकेट हानेको थियो। युद्धको दोस्रो दिन गाजा सीमाक्षेत्रमा तैनाथ इजरायली डिफेन्स फोर्सका कमान्डर नहल ब्रिगेडसहित उसका ३०० जना मारिएका छन्। 

यो युद्धका क्रममा २५६ प्यालेस्टिनी नागरिक पनि मारिएका छन्। इजरायलमा १८६४ र प्यालेस्टाइनमा १७०० जना  घाइते भएका छन्। 

उता इजरायली डिफेन्स फोर्सका प्रवक्ता जोनथन कोनरिकसले एक भिडिओ जारी गर्दै हमासले महिला र बालबालिकासहित २०० इजरायलीलाई बन्धक बनाएको जनाएका छन्। 

उनीहरुलाई गाजातर्फ लगिएको छ। जोनथनले यो आँकडामा अझै वृद्धि हुने आशंका जनाएका छन्। उनले बन्धक बनाइएका  महिला र बच्चाहरुलाई हमासले मारेको हुन सक्ने आशंका गरेका छन्। यसबारे अझै यकिन जानकारी नमिलेको उनले बताए। कब्जा गरिएकाहरुलाई बचाउने प्रयास भइरहेको उनले बताए।

इजरायलको यो भनाइबीच हमासका लडाकुहरुले कयौँ नागरिकलाई गाडीमा हालेर लाँदै गरेको देखिएको छ। बीबीसीका अनुसार केही बन्धक बनाइएकाहरुलाई हमासले छाडेको पनि जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .