भारतले हरदीप सिंह निज्जरको हत्यासम्बन्धी ‘विशेष’ सूचना उपलब्ध गराउन आग्रह गरेको विदेशमन्त्री एस जयशंकरले बताएका छन्।
जुनमा भएको निज्जरको हत्यामा भारत सरकारको हात रहेको क्यानडेली प्रधानमन्त्री जस्टिन ट्रुडोले बताएका थिए। त्यसपछि दुई मुलुकबीच कूटनीतिक तनाव चर्किएको थियो।
यसलाई निरर्थक भन्दै भारतले अस्वीकार गरेको थियो।
भारतीय विदेशमन्त्री एस जयशंकरले मंगलबार राष्ट्रसंघीय महासभामा आफ्नो सम्बोधनअघि एक कार्यक्रममा बोल्दै भारत सो घटनाको अनुसन्धानका लागि खुला रहेको क्यानडालाई भनेको बताए।
‘एक, हामीले क्यानडेलीहरुलाई भन्यौँ– यो (हत्या) भारत सरकारको नीति होइन,’ जयंशकरले भने, ‘दुई, हामीले उनीहरुलाई भन्यौँ, तिमीहरुसँग केही खास छ भने, केही सम्बन्धित (प्रमाण) छ भने हामीलाई देऊ। हामी त्यसमा हेर्न तयार छौँ।’
क्यानडामा पहिचान गरिएका आतंकवादीहरु रहेको र उनीहरुलाई सुपुर्द गर्न आग्रह गरिएको उनको भनाइ छ। एजेन्सी
Shares
प्रतिक्रिया