वेस्ट बैंकको जेनिन शरणार्थी शिविरमा भएको ड्रोन आक्रमणबाट कम्तीमा ६ जना प्यालेस्टाइनी नागरिकको निधन भएको छ।
यस घटनामा अन्य ३० जना घाइते भएका छन्। इजरायली सेनाका प्रवक्ताकाअनुसार जेनिन शरणार्थी शिविरमा कारबाही गरिएको थियो।
उत्तरी वेस्ट बैंकमा अवस्थित लडाकुहरुको गढ रहेको त्यस क्षेत्रमा आक्रमण गरिएको उनले बताए।
इजरायलीहरुविरुद्धको आक्रमणमा संलग्न भएको आशंकामा सेनाले दुई प्यालेस्टाइनी नागरिकलाई पक्राउ गरेको छ।
इजरायली सेना भने सकुशल रहेको सेनाका प्रवक्ताले बताए।
फतह पार्टीसँग संवद्ध सशस्त्र संगठन अल अक्शा सहिद बिग्रेडका लडाकु मोहम्मद अबु अल बाहको घरलाई घेरिएको छ।
न्युज एजेन्सी नेपाल
30
Shares

प्रतिक्रिया