ad ad

ग्लोबल


भारतले चन्द्रमामा पठायो चन्द्रयान-३

भारतले चन्द्रमामा पठायो चन्द्रयान-३

नेपालखबर
असार २९, २०८० शुक्रबार १५:२१, काठमाडौँ

भारतले चन्द्रमाका लागि चन्द्रयान–३ पठाएको छ। स्थानीय समयअनुसार शुक्रबार दिउँसो २ः३५ बजे आन्ध्रप्रदेशको स्पेसपोर्टमा चन्द्रयान–३ नाम दिइएको रकेट चन्द्रमामा पठाइएको हो। 

इसरोले चन्द्र मिशन अन्तर्गत चन्द्रयान–३ चन्द्रमामा पठाइएको बीबीसीले जनाएको छ। चन्द्रयान–३ अगस्ट ५ मा चन्द्रमाको कक्षमा प्रवेश गर्ने बताइएको छ।

इसरो प्रमुख सोमनाथले भने, ‘चन्द्रयान–३ ले चन्द्रमाको यात्रा सुरु गरिसकेको छ। चन्द्रयान–३ लाई आगामी दिनहरुमा चन्द्रमामा पुग्ने शुभकामना।’

चन्द्रयान–३ मा ल्यान्डर, रोभर र तीनवटा प्रोपल्सन मोड्युल छन्। यसको कुल वजन ३ हजार ९ सय किलोग्राम रहेको छ।

यस मिसनमा चन्द्रयानको रोभर (सानो रोबोट) निस्कनेछ जसले चन्द्रमाको सतहमा अवतरण गर्नेछ र यसको पोजिशनिङ चन्द्रमाको दक्षिण ध्रुवमा हुनेछ।

यहीँ रोभरले चन्द्रमाको यस भागमा के खनिज, पानी आदि पाइन्छ भन्ने पत्ता लगाउने बताइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .