ad ad

ग्लोबल


ओडिशा रेल दुर्घटना : आमाबाबु बितिसकेका थिए, रुँदारुँदा बच्चाको पनि ज्यान गयो

ओडिशा रेल दुर्घटना : आमाबाबु बितिसकेका थिए, रुँदारुँदा बच्चाको पनि ज्यान गयो

नेपालखबर
जेठ २०, २०८० शनिबार १३:५१, काठमाडौँ

ओडिशाको बालासोरमा भएको भीषण रेल दुर्घटनामा मृत्यु हुनेको संख्या हालसम्म २३८ पुगेको छ।

शुक्रबार साँझ करिब ७ बजे भएको दुर्घटनापछि उद्धारको काम सुरु भएको थियो। स्थानीय बासिन्दाको सहयोगमा प्रहरी र द्धार टोलीले गएरातिदेखि नै भग्नावशेषमा फसेका मानिसलाई निकाल्ने काम सुरु गरेको थियो।

एक प्रत्यक्षदर्शी टुटु विश्वासले दुर्घटना पछिको दृश्य वर्णन बीबीसीलाई बताएका छन्। उनले भनेका छन्:

दुर्घटना हुँदा म घरमै थिएँ। चर्को आवाज सुन्यौँ घरबाट बाहिर निस्कँदा यो दुर्घटना भएको देख्यौं। मालगाडीमाथि रेल दौडिसकेको थियो। जब म यहाँ पुगेँ, धेरै मानिस घाइते भएका थिए। धेरैले ज्यान गुमाइसकेका थिए। यहाँ एउटा सानो बच्चा रोइरहेको थियो जसको आमाबुवाको मृत्यु भएको थियो। रुँदारुँदा त्यो बालकको पनि मृत्यु भयो।

यहाँ धेरै मानिसहरूले पानी मागेका थिए। मैले सकेसम्म मानिसहरूलाई पानी दिएँ। हाम्रो गाउँका मानिसहरू यहाँ आएर मानिसहरूलाई सहयोग गरिरहेका थिए। हामीले केही घाइतेलाई बस स्टपमा लिएर गएपछि धन्यवाद दिन थाले। हिजोको दृश्य देखेर हाम्रो दिमागले काम गरेन। मेरो शरीर रगतले भरिएको थियो।

अर्का प्रत्यक्षदर्शी गिरिजाशंकर रथले भने:

जब साँझमा यो घटना भयो, एउटा रेल माथिबाट र अर्को तलबाट आउँदै थियो। त्यही ट्र्याकमा एउटा मालगाडी उभिरहेको थियो। कोरोमण्डल एक्सप्रेस पटरीबाट खसेर ठोक्कियो। त्यसपछि त्यहाँ आतंक फैलियो। डाउन ट्रेन शालिमार एक्सप्रेस अर्को तर्फबाट आउँदै थियो, पछाडिबाट ठोक्कियो। त्यसका दुईवटा बोगी पनि पटरीबाट खसेका थिए।

हामी त्यहाँ पुगेर मानिसहरूलाई मद्दत गर्न थाल्यौं। डब्बाबाट बाहिर निस्कन मद्दत गर्‍यौं। यो काम लगभग रातभर चल्यो।

यस्तै हावडाबाट चेन्नई जाँदै गरेको कोरोमण्डल एक्सप्रेसमा सवार मुकेश पाण्डेले घटनाबारे भनेका छन्:

अचानक ठूलो धक्काको महसुस भयो, रेल पटरीबाट खसेर पल्टियो।

आधा घन्टापछि म रेलबाट बाहिर निस्किएँ, त्यसपछि मेरो शरीर काँप्न थाल्यो। त्यहाँ गम्भीर अवस्थामा रहेकाहरूलाई उपचारका लागि पहिले लगियो। त्यसपछि हामीलाई लगियो। धेरै मानिस मारिएका छन्, तर म कसैलाई चिन्दिन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .