ग्लोबल

Tata MotorsTata Motors

एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय बैठक तथा महिला भेला जुलाई ६ देखि

गैरआवासीय नेपाली संघ (लाेगाे)


नेपालखबर
काठमाडौं, असार ११

गैरआवासीय नेपाली संघ (एनआरएनए) को सातौं एसिया प्यासिफिक क्षेत्रीय बैठक तथा दोस्रो क्षेत्रीय महिला भेला आगामी जुलाई ६ र ७ मा म्यानमारको याङगुनमा आयोजना हुँदैछ।

बैठकको तयारी तीव्र गतिमा अघि बढिरहेको एसिया प्यासिफिक क्षेत्रका आरसी किरण बिक्रम थापाले जानकारी दिएका छन्। विशेषतः एसियाली मुलुकमा रहेका गैरआवासीय नेपालीहरुको सहभागितामा नेपालमा लगानी प्रवद्र्धन गर्ने मुख्य उद्देश्यका साथ बैठक आह्वान गरिएको हो।

यसपटकको बैठक ‘नेपालको समृद्धिका लागि डायस्पोरोको भूमिका’ भन्ने विषयमा केन्द्रित हुने थापाले बताए। यस्तै बैठकमा ठूल–ठूला आयोजना एवं व्यवसायको लगानीमा भन्दा पनि साना तथा मझौला व्यवसायको लगानी र त्यसमा देखिएका नीतिगत अप्ठेरा अनि सम्भावनाबारे विशेष छलफल गरिनेछ।

यस्तै एसियाली मुलुकका श्रम बजारमा नेपाली श्रमको प्रयोगमा रहेका समस्या पहिचान गर्दै समाधानका लागि पनि छलफल गरिने थापाले जानकारी दिए। यसैगरी विगतमा गरिएका निर्णय र प्रतिबद्धतालाई हामीले कति पूरा गर्न सक्याौ या सकेनौ भन्ने समिक्षा समेत बैठकमार्फत गरिने छ। नेपालको समृद्धिमा डायस्पोराको भूमिका कृषि, पर्यटन, एसिया प्यासिफिक क्षेत्रमा नेपालीहरुको लागि श्रम बजार, त्यहााका युवा तथा महिलाको सशक्तिकरण लगायत विषयमा पनि घनीभूत छलफल हुने थापाले बताए।

बैठकमा म्यानमार सहित थाइल्याण्ड, चीन, हङकङ, जापान, मकाउ, मलेसिया, फिलिपिन्स, सिंगापुर र साउथ कोरिया सहितका एसिया प्यासिफिक क्षेत्रका सदस्य राष्ट्र लगायत अन्य राष्ट्रका पदाधिकारीहरुको समेत सहभागिता रहनेछ।

साथै संस्थापक अध्यक्ष, पूर्व अध्यक्षहरु, वर्तमान अध्यक्ष सहितका अधिकांश पदाधिकारी, नेपाल सरकारका तर्फबाट विशिष्ट पाहुना एवं प्रतिनिधिहरु, नेपाल उद्योग वाणिज्य संघका प्रतिनिधी, साथै अन्य व्यवसायिक विशिष्ट व्यक्तित्व, म्यानमारका महामहिम, नेपाली समुदाय सञ्चारकर्मी लगायत आइसीसी र विभिन्न एनसीसीका प्रतिनिधीसहित करीब पाँच सय जनाको सहभागिता रहने आरसी थापाको भनाई छ।

असार ११, २०७६, बुधबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: info@nepalkhabar.com
News: news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
शैलज पौडेल
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
प्रशान्त लामिछाने

कार्यकारी सम्पादक
थिरलाल भुसाल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors