ग्लोबल


इजरायली हमलामा चार सिरियाली सैनिक मारिए

इजरायली हमलामा चार सिरियाली सैनिक मारिए

नेपालखबर
मंसिर ३, २०७९ शनिबार २१:३३, काठमाडौँ

इजरायली आक्रमणमा शनिबार बिहान मध्य र पश्चिमी जिल्लाहरूमा चार सिरियाली सरकारी सैनिकको मृत्यु हुनाका साथै एक जना घाइते भएको सिरियाली सरकारी मिडियाले जनाएको छ।

‘विहान ०६:३० बजे इजरायली शत्रुले हवाई आक्रमण गरेको र त्यसमा परी चार सैनिकको मृत्यु भएको र एक सिपाही घाइते भएको ’, सैन्य स्रोतले आधिकारिक साना समाचार एजेन्सीलाई बताएको छ।

बेलाइतमा रहेको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले होम्स र हामा प्रान्तमा इरानी समर्थक समूहहरूलाई निशाना बनाएर हतियार र गोलाबारुद स्थलमा आक्रमण गरेको बताएको छ।

त्यसैगरी इजरायलले लाटाकिया प्रान्तमा रहेको सिरियाली एयर डिफेन्स ब्याट्रीलाई पनि निशाना बनाएको छ।

इजरायलले त्यस्ता रिपोर्टहरूमा विरलै टिप्पणी गर्ने गर्छ तर सन् २०११ मा गृहयुद्ध शुरु भएदेखि सिरियाली क्षेत्रमा सयौं हवाई हमलाहरू गरेको छ । 

सरकारी स्थानहरू साथै इरान समर्थित सेना र हिजबुल्लाह लडाकुहरूलाई  त्यसको निशान बनेका छन्। 

इजरायलले बारम्बार भनेको छ कि उसले आफ्नो कट्टरपन्थी इरानलाई त्यहाँ पाइला टेक्न अनुमति दिने छैन।

नोभेम्बर  ८, २०२१मा मा शायरात एयरबेसलाई लक्षित गर्दै इजरायली आक्रमणमा दुई सिरियाली सरकारका सैनिकहरू घाइते भएको पनि  सिरियाली राज्य मिडियाले जनाएको छ। 

अक्टोबरको अन्तमा, दमास्कस नजिकैको धेरै स्थानहरूमा इजरायली आक्रमणको क्रममा चार इरानी समर्थक लडाकु मारिएको पनि अब्जरभेटरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad