ad ad

ग्लोबल


तेलको भाउ बढाउन प्रतिदिन १० लाख ब्यारेल उत्पादन घटाउँदै ओपेक

तेलको भाउ बढाउन प्रतिदिन १० लाख ब्यारेल उत्पादन घटाउँदै ओपेक

नेपालखबर
असोज १७, २०७९ सोमबार १०:२५, काठमाडौँ

पेट्रोलियम पदार्थ उत्पादक मुलुकको संगठन (ओपेक) र उसका सहयोगी मुलुकले आगामी साताबाट प्रतिदिन १० लाख ब्यारेल प्रतिदिनको दरले कच्चा तेल उत्पादनमा कटौतीको तयारी गरेका छन्।

ओपेकको स्रोतले आइतबार दिएको जानकारीअनुसार कोभिड–१९ को महामारीपछि पहिलोपटक ओपेकका मुलुकले उत्पादनबारे ठूलो निर्णयको तयारी गरेका हुन्। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ घट्न थालेसँगै ओपेकका मुलुकले यस्तो निर्णय गरेका हुन्। 

साउदी अरेबियाले तेलको भाउ घट्न थालेको भन्दै ओपेकमा  तेल उत्पादनमा कटौती गर्नुपर्ने बताएको छ। यसअघि नै ओपेकले अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ बढेको बेला उत्पदन बढाउँदै भाउ घटाउन सहयोगको लागि अस्वीकार गरेको थियो।

यद्यपि गत महिना उल्लेख्य मात्रामा तेलको भाउ घटेको थियो। 

ओपेकको तेलको उत्पादनमा कटौतीको निर्णयले अमेरिकालगायतका मुलुकसँगको ओपेकको सम्बन्ध चिसिने अनुमान गरिएको छ।

अमेरिकाले तेलको भाउ बढेको कारण रुसले युक्रेनमाथिको आक्रमण जारी राख्ने मौका पाएको भन्दै ओपेकका मुलुकलाई तेलको भाउ घटाउन सहयोग गर्न आग्रह गर्दै आएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .