ad ad

ग्लोबल


भ्रष्टाचार आरोपमा चीनका पूर्व न्यायमन्त्रीलाई जन्मकैद

भ्रष्टाचार आरोपमा चीनका पूर्व न्यायमन्त्रीलाई जन्मकैद

नेपालखबर
असोज ६, २०७९ बिहिबार १६:५८, काठमाडौँ

चीनका पूर्व न्यायमन्त्री फु चेङहुवालाई घुस खाएको आरोपमा आजीवन कैद सजाय हुने भएको छ। उनी कुनै समय चीनको सबैभन्दा शक्तिशाली प्रहरी प्रमुख मानिन्थे।

६७ वर्षीय फुलाई निलम्बित मृत्युदण्डको सजाय सुनाइएको थियो। सो सजाय दुई वर्षपछि आजीवन कारावासमा बदलिने सीसीटीभीले बिहीबार जनाएको छ।

फुलाई चिलिन प्रान्तस्थित एक अदालतले झण्डै १२ करोड युआन घुस लिएको ठहर गर्दै सजाय सुनाइएको हो। 

उनले २००५ मा बेइजिङ पब्लिक सेक्युरिट ब्युरोको उपनिर्देशक हुँदादेखि  २०२१ सम्म घुस खाने गरेको आरोप छ। उनको सजायमा अरु कटौती नहुने अदालतको आदेशमा उल्लेख छ।

फु २०१० मा बेइजिङ प्रहरी प्रमुख हुनेबित्तिकै एउटा नाइटक्लबमा छापा मारेर चर्चामा आएका थिए। 

२०१३ मा स्थायी समिति सदस्य चाउ योङकाङको भ्रष्टाचार आरोप छानबिन गर्ने समूहमा पनि फु सहभागी थिए। चाउलाई २०१५ मा जन्मकैदको सजाय सुनाइयो। उनी राष्ट्रपति सी चिनफिङको भ्रष्टाचारविरोधी अभियानमा जाकिने सबैभन्दा उच्च पदस्थ नेता हुन्।

फुलाई २०१६ देखि नै महत्वपूर्ण पदहरुबाट हटाउँदै लगिएको थियो। २०१८ मा आकर्षक नमानिने न्यायमन्त्री बनेका उनी २०२० बाट पार्टीको सल्लाहकार समितिमा रहे। २०२१ मा उनीमाथि अनुसन्धान सुरु भएको थियो।

यसअघि बुधबार तीन जना पूर्व क्षेत्रीय प्रहरी प्रमुखहरुलाई जेल सजाय सुनाइएको थियो। एससीएमपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .