ad ad

ग्लोबल


मात्तिएको भिडिओ भाइरल भएपछि फिनल्यान्डकी प्रधानमन्त्रीले गराइन् ‘ड्रग टेस्ट’

मात्तिएको भिडिओ भाइरल भएपछि फिनल्यान्डकी प्रधानमन्त्रीले गराइन् ‘ड्रग टेस्ट’

नेपालखबर
भदौ ३, २०७९ शुक्रबार २०:५७, काठमाडौँ

पार्टीमा मात्तिएको भिडिओ भाइरल भएपछि फिनल्यान्डकी प्रधानमन्त्री सन्ना मरिनले लागुऔषध परीक्षण गराएको बताएकी छन्।

३६ वर्षीया मरिनको केही राजनीतिकर्मी तथा सेलेब्रिटीका साथ पार्टी गरिरहेको भिडिओ सार्वजनिक भएपछि चर्को आलोचना भएको थियो। 

शुक्रबार पत्रकार सम्मेलनमा बोल्दै उनले लागुऔषध परीक्षण गरिएको र त्यसको नतिजा अर्को साता आउने बताइन्।

उनले लागुऔषध नलिएको दाबी पनि गरिन्।

‘मैले गैरकानुनी काम केही पनि गरेकी छैन,’ पत्रकार सम्मेलनमा  उनले भनिन्, ‘किशोरावस्थामा पनि मैले कुनै किसिमको लागुऔषध लिइनँ।’

उनले यसअघि मदिरा पिएको र पार्टी गरेको स्वीकारिसकेकी छन्। भिडिओ खिचेको आफूलाई जानकारी भए पनि सो फुटेज सार्वजनिक हुँदा आफू दुःखी भएको उनको भनाइ छ। 

‘मलाई विश्वास छ, फुर्सदको समय र कामको समयलाई छुट्याएर हेर्न सकिन्छ भन्ने मान्छेहरुले बुझ्नेछन्,’ उनले भनिन्।

मरिन यसअघि विश्वकै कान्छी सरकार प्रमुख थिइन्। त्यो उपाधि अहिले चिलीका राष्ट्रपति ग्याब्रिएल बोरिचको नाममा छ। 

गतसाता मात्रै जर्मनी बिट पत्रिकाले ‘सबैभन्दा बढी रुचाइएको प्रधानमन्त्री’ को उपाधि दिएको थियो। बीबीसी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .