ad ad

ग्लोबल


चीनमा बाढीले १७ जनाको मृत्यु, १७ व्यक्ति बेपत्ता

चीनमा बाढीले १७ जनाको मृत्यु, १७ व्यक्ति बेपत्ता

नेपालखबर
भदौ ३, २०७९ शुक्रबार १३:२, सिनिङ

चीनको उत्तरपश्चिमी चिङ्हाई प्रान्तमा आएको बाढीमा परेर कम्तीमा १७ जना स्थानीयको मृत्यु भएको छ। अधिकारीहरूले दिएको जानकारीअनुसार यहाँका बिहीबार साँझको सो बाढीबाट अरु १७ जना हराइरहेका छन्। 

ती हराएका व्यक्तिको खोजी भइरहे पनि उनीहरू भेटिने सम्भावना कम रहेको उद्धारकर्मीहरूले जनाएका छन्। स्थानीय समयानुसार बुधबार राति १०.२५ देखि सुरु भएको भीषण वर्षाका कारण ठूलो बाढी आएको र धनजनको क्षति भएको जनाइएको छ ।

धेरै माटो बोकेर आएको बाढीले नदीको बहाव परिवर्तन गरेकाले पनि धेरै क्षति भएको अधिकारीहरूले जनाएका छन्। बाढीबाट ६ गाउँका ६ हजार २ सय ४५ घर प्रभावित भएका छन्। तीमध्ये दुई भवन पूर्ण रूपमा र १४ भवन अत्यधिक क्षति भएको छ। 

बाढीका कारण घरमा क्षति भएपछि एक हजार दुई सयभन्दा बढी मानिस विस्थापित भएका छन्। उनीहरूका लागि अत्यावश्यक सहयोग र सामग्रीको व्यवस्था गर्न लागिएको छ। उनीहरूलाई अस्थायी शिविरमा राखिएको छ।  

सेना प्रहरी र उद्धारकर्मी गरी कम्तीमा चार हजार पाँच सयजना उद्धारका काममा खटिएका छन्। उनीहरूले बिहीबार बिहानदेखि हराएका २० जना व्यक्तिको सकुशल उद्धार गरेको जनाएका छन्। 

यहाँ बुधबार बिहानदेखि अविरल रुपमा वर्षा भएको छ। बाढीमा परेर हराएका व्यक्तिको खोजी भइरहेको उद्धारकर्मीले जनाएका छन्।

उनीहरूका अनुसार यहाँका ६ हजारजना भन्दा बढी व्यक्ति विस्थापित हुन पुगेका छन्। उनीहरूलाई विद्यालयहरूमा आश्रय दिएर राखिएको छ।

वर्षा जारी नै रहेकाले थप क्षतिबाट बच्न सुरक्षित रहन भनिएको समाचारमा जनाइएको छ। रासस/सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .