ad ad

ग्लोबल


‘रुस्दीलाई छुरा हान्ने व्यक्तिले द सटानिक भर्सेस २ पेज मात्र पढेका थिए’

‘रुस्दीलाई छुरा हान्ने व्यक्तिले द सटानिक भर्सेस २ पेज मात्र पढेका थिए’

नेपालखबर
भदौ २, २०७९ बिहिबार २०:२५, काठमाडौँ

लेखक सलमान रुस्दीलाई छुरा हानेपछि पक्राउ परेका व्यक्तिले विवादास्पद उपन्यास द सटानिक भर्सेसको दुई पृष्ठ मात्र पढेको जनाइएको छ।

२४ वर्षी हादी मतारले आफू निर्दोष रहेको दाबी गरेका छन्। जेलबाटै न्युयोर्क पोस्टलाई अन्तर्वार्ता दिँदै मतारले लेखक रुस्दीले इस्लाममाथि आक्रमण गरेको बताएका छन्।

१९८० मा इरानले रुस्दीविरुद्ध फतवा जारी गरेको थियो। सो फतवाकै कारण उनले आक्रमण गरेको हो होइन भन्ने चाहिँ मतारले स्पष्ट पारेका छैनन्।

रुस्दीको सटानिक भर्सेस १९८८ मा प्रकाशित भएको थियो। जसलाई कयौँ मुस्लिम मुलुकले प्रतिबन्ध लगाएका थिए।

आफूले सो पुस्तकको ‘दुई पेज’ पढेको उनले न्युयोर्क पोस्टलाई बताएका छन्।

सो आक्रमणबाट रुस्दी बाँचेको सुन्दा चकित परेको उनको भनाइ छ।

‘मलाई त्यो व्यक्ति मन पर्दैन। उनी असल मान्छे हुन् भन्ने मलाई लाग्दैन। म उनलाई मन पराउँदिनँ। उनी त्यस्ता व्यक्ति हुन् जसले इस्लाममाथि आक्रमण गरेका छन्। उनले तिनको विश्वासमाथि आक्रमण गरेका छन्।

आक्रमणबाट रुस्दीको कलेजोमा क्षति पुगेको छ भने हातको नसा काटिनुका साथै आँखामा पनि चोट लागेको छ।

मतारकी आमाले छोरालाई त्यागेको बताएकी छन्। 

‘मलाई अब उसको चासो छैन। उसलाई मेरो भन्नु केही छैन,’ सिल्भाना फरदोसले सोमबार भनेकी थिइन्। एजेन्सी

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .