ad ad

ग्लोबल


बिहारमा पढेर निस्किँदै गरेकी छात्रालाई गोली हानियो (भिडिओ)

बिहारमा पढेर निस्किँदै गरेकी छात्रालाई गोली हानियो (भिडिओ)

फाइल तस्बिर


नेपालखबर
भदौ २, २०७९ बिहिबार १३:३७, काठमाडौँ

भारत बिहारको राजधानी पटनामा एक विद्यालयकी छात्रालाई गोली हानिएको छ। पटनामा भएको यो घटनाको सीसीटीभी फुटेज सामाजिक सञ्जालमा भाइरल भएको छ।

फुटेजमा कोचिङ सेन्टरबाट एउटी केटी बाहिर निस्किँदा त्यहाँ पहिल्यै आएका केटाले आफ्नो झोलाबाट पेस्तोल निकालेर केटीको घाँटीमा पछाडिबाट गोली हानेको देखिन्छ।

बालिकाको अवस्था चिन्ताजनक रहेको र उनको उपचार पटनामा भइरहेको बताइएको छ। प्रहरीले अहिलेसम्म अपराधीलाई पक्रन सकेको छैन।

यसैबीच छात्रालाई गोली हानिएको घटनापछि भाजपाले नितिश सरकारको आलोचना गरेको छ। बीजेपीको आईटी सेल इन्चार्ज अमित मालवीयले गोली हानिएको फुटेज ट्विट गरेर यसलाई ‘जंगलराज’ भनेका छन्।

हेर्नुहोस् छात्रालाई गोली हानिएको सीसीटीभी फुटेज–

उनले ट्विटरमा लेखेका छन्, ‘बिहारको राजधानी पटनामा दिउँसो एक विद्यालयकी छात्रालाई गोली हानिएको छ। राजदको जङ्गलराजमा कलेजका केटीहरूको अपहरण, बलात्कार र हत्याका घटना सामान्य थिए। नितिश कुमारले आफ्नो स्वार्थका कारण यी युवतीहरूको भविष्य फेरि अन्धकारमा धकेलेका छन्। नितिश लाचार मुख्यमन्त्री हुन्।’

नितिश कुमारले राष्ट्रिय जनता दलको सहयोगमा सरकार गठन गरेदेखि नै भाजपाले महागठबन्धनको सरकारविरुद्ध टिप्पणी गरिरहेको छ। नयाँ मन्त्रिपरिषद्मा कानुनमन्त्री कार्तिकेय सिंहका विषयमा पनि भाजपाले धेरै प्रश्न उठाएको छ।

कार्तिकेय सिंहको आपराधिक रेकर्ड रहेको र अपहरणको मुद्दामा उनीविरुद्ध वारेन्ट जारी भएको भाजपाले जनाएको छ। तर, अदालतले कार्तिकेय सिंहलाई भदौ १ गतेसम्मका लागि अन्तरिम राहत दिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .