ad ad

ग्लोबल


पूर्वराष्ट्रपति राजापाक्षे अर्को साता श्रीलंका फर्किने

पूर्वराष्ट्रपति राजापाक्षे अर्को साता श्रीलंका फर्किने

नेपालखबर
भदौ १, २०७९ बुधबार १९:९, काठमाडौँ

विशाल प्रदर्शनका कारण देश छाडेर भागेका श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय राजापाक्षे अर्को साता स्वदेश फर्किने भएका छन्। 

रुसका लागि श्रीलंकाका पूर्व राजदूत तथा राजापाक्षेका नातेदार उदयांग वीरातुंगाले अगस्ट २४ मा राजापाक्षे देश फर्किने स्थानीय सञ्चारमाध्यमलाई बताएका छन्। 

राजापाक्षे कार्यकाल बाँकी छँदै राजीनामा दिने पहिलो श्रीलंकाली राष्ट्रपति हुन्। उनी सैन्य विमानमा मालदिभ्स भागेका थिए। त्यसपछि केही साता सिंगापुरमा बसेर उनी हाल थाइल्यान्ड पुगेका छन्।

सिंगापुर पुग्नेबित्तिकै उनले राजीनामा बुझाएका थिए। त्यसयता उनले कुनै सार्वजनिक अभिव्यक्ति दिएका छैनन्।

उनीपछि राष्ट्रपति बनेका रनिल विक्रमासिंगेले भने एक महिनाअघि राजापाक्षे देश फर्किने बेला नभएको बताएका थिए।

‘यो उहाँ देश फर्किने बेला होजस्तो मलाई लाग्दैन,’ उनले वाल स्ट्रिट जर्नलसँग भनेका थिए।

विक्रमासिंगेले संकटकाल नलम्ब्याउने बताएका छन्। रोयटर्स

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .