ad ad

ग्लोबल


पाकिस्तानमा जुलाईयता बाढीपहिरोबाट ५८० को मृत्यु

पाकिस्तानमा जुलाईयता बाढीपहिरोबाट ५८० को मृत्यु

नेपालखबर
भदौ १, २०७९ बुधबार १८:३२, काठमाडौँ

पाकिस्तानमा बाढीपहिरोबाट ५ सय ८० जनाभन्दा धेरैको ज्यान गएको छ। हजारौँले घरबार गुमाएको बताइएको छ।

जुलाईयता भारी वर्ष, बाढी र पहिरोबाट १० लाखजति मानिस प्रभावित भएको अनुमान छ। तीन सातामा पाकिस्तानमा सामान्यभन्दा ६० प्रतिशत बढी मनसुन वर्षा भएको छ।

सबैभन्दा बढी बलोचिस्तान, खैबर पख्तुन्वा र सिन्ध प्रान्त प्रभावित भएका छन्। मंगलबार कराचीमा एक जनाको ज्यान गएको छ। जुलाईयता कराचीमा ४० जनाभन्दा बढीको ज्यान गइसकेको छ।

बलोचिस्तानमा करिब दुई सयको ज्यान गएको छ। सो प्रान्तमा ३० वर्षयताकै भीषण बाढी आएको हो।

बलोचिस्तानका २६ मध्ये १८ जिल्लालाई संकटग्रस्त घोषित गरिएको छ। बाढीपहिरोले सयौँ किलोमिटर सडकमा क्षति पुग्दा आपतकालीन सेवा उपलब्ध गराउन नसकिने भएको छ।

बाढीपहिरोले ५ सय ७० स्कुल भत्काएको छ भने केही ठाउँमा हैजा फैलिएको छ।

सो क्षेत्रमा प्रधानमन्त्री सहबाज सरिफले दुई पटक भ्रमण गरिसकेका छन्। एजेन्सी
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .