ad ad

ग्लोबल


सिरियामा आईएसका कमान्डर मारिए

सिरियामा आईएसका कमान्डर मारिए

प्रतिकात्मक तस्बिर


नेपालखबर
साउन ३१, २०७९ मंगलबार १३:२८, दमासकस

सिरियाली सुरक्षा निकायले गरेको कारबाहीमा यहाँको आतङ्कवादी समूह आईएसका एकजना वरिष्ठ कमान्डर मारिएका छन्।सिरियाली सेनाले देशको दक्षिणी प्रान्त दारामा गरेको कारबाहीका क्रममा ती कमान्डर मारिएको बताइएको छ।

यहाँका सञ्चारमाध्यमले केही दिनअघि मात्र पनि आईएसका वरिष्ठ कमान्डर मारिएको समाचार दिएका थिए र सोमबारको कारबाहीमा यी अर्का कमान्डर मारिएका हुन्। 

सिरियाली सेनाले मारिएका ती कामान्डर महमद अहमद अल–हलाक रहेको जनाएको छ। मारिएका ती कमान्डर दक्षिणी सिरियाका एक खतरनाक कमान्डर रहेका पनि समाचारमा जनाइएको छ।

दक्षिणी सिरियाको दारा क्षेत्रको यारमाउकमा आईएसको एक तालिम केन्द्र छ र सो तालिम केन्द्रको प्रमुखका रुपमा यी कमान्डरले काम गरिरहेका थिए।

यहाँको सेनाले केही दिन यतादेखि सिरियाको दारा क्षेत्रमा आईएसका विरुद्धमा व्यापक मात्रामा कारबाही अघि बढाएको जनाएको छ। रासस/सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .