ग्लोबल


बेलायतद्वारा ओमिक्रोन उपचारका लागि मोडर्नाको नयाँ खोपलाई अनुमति प्रदान

बेलायतद्वारा ओमिक्रोन उपचारका लागि मोडर्नाको नयाँ खोपलाई अनुमति प्रदान

फाइल फाेटाे


नेपालखबर
साउन ३० , लन्डन

बेलायतको औषधि नियामक निकायले सोमबार कोरोना भाइरसविरुद्धको अद्यावधिक मोडेर्ना खोपलाई उपचार प्रयोगका लागि स्वीकृति दिएको छ।

‘मेडिसिन एन्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सी’ले एक विज्ञप्ति जारी गर्दै बेलायती नियामकको सुरक्षा, गुणस्तर र प्रभावकारिताको मापदण्ड पूरा गरेको पाइएपछि वयस्कका लागि खोपको अतिरिक्त मात्रा प्रयोगका लागि स्वीकृति दिएको जनाएको छ।

बेलायती नियामक निकायले स्वीकृत गरेको यो पहिलो ‘बाइभ्यालेन्ट’ कोभिड–१९ खोप हो।

उक्त निकायका प्रमुख कार्यकारी जुन राइनले क्लिनिकल परीक्षणको तथ्याङ्कले यसले मूल भाइरस र ओमिक्रोनविरुद्ध ‘बलियो प्रतिरक्षा प्रतिक्रिया’ लाई प्रेरित गरेको देखाएको बताए। 

सन् २०१९ को अन्त्यतिर चीनमा पहिलोपटक लागेको कोभिडबाट अस्पताल भर्ना हुने र मृत्यु हुनेको संख्या कम गर्न खोपले मद्दत गरेको भए तापनि हालको खोप मुख्यतया रोगको पहिलेको स्ट्रेनलाई लक्ष्य गरिएको छ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले गत जुलाईमा ओमिक्रोन उपप्रजातीको फैलावट र नियन्त्रणका उपायहरू हटाइएका कारण अझै महामारी अन्त्य नभएको बताएको थियो। रासस/एएफपी

साउन ३०, २०७९, साेमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.