ad ad

ग्लोबल


आङ सान सू चीलाई थप ६ वर्ष जेल सजाय

आङ सान सू चीलाई थप ६ वर्ष जेल सजाय

नेपालखबर
साउन ३०, २०७९ सोमबार १६:१२, काठमाडौँ

म्यानमारकी सत्ताच्यूत नेतृ आङ सान सू चीलाई थप ६ वर्ष जेल सजाय तोकिएको छ।

गत असारमा राजधानी नेपिडस्थित एकान्त कारावासमा राखिएकी उनलाई त्यहाँको सैनिक सरकारले थप ६ वर्ष जेल सजाय सुनाएको हो। 

उनलाई यसअघि ११ वर्ष जेल सजाय सुनाइएको थियो। अब उक्त सजाय बढेर १७ वर्ष पुगेको छ। तर, उनले आफूमाथिका आरोपहरु राजनीतिक आग्रहप्रेरित भएको बताइरहेकी छन्। 

७७ वर्षीय सू चीलाई फेब्रुअरी २०२१ मा सेनाले कू गरेपछि गिरफ्तार गरिएको थियो। असार अघिसम्म उनलाई राजधानीमै अज्ञातस्थलमा नजरबन्दमा राखिएको थियो।

तर असारदेखि उनलाई सैनिक सरकारले बनाएको विशेष संरचनामा सारिएको थियो। सत्ताच्यूत राष्ट्रपति विन मिन्ट पनि त्यही स्थानमा एकान्त कारावासमा छन्।

एकान्त कारावासमा उनलाई एक्लै राखिएको छ। उनलाई अदालती सुनुवाइमा पनि जेलभित्रैबाट सहभागी गराइँदैछ।

मानवअधिकारवादी समूहहरुले उनको सुनुवाइ गोप्य राखिएकोमा विरोध गरिरहेका थिए। सू चीका वकिलहरुलाई पत्रकारहरुसँग पनि बोल्न निषेध गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .