ad ad

ग्लोबल


चीन र थाइल्यान्ड संयुक्त सैन्य अभ्यास गर्दै

चीन र थाइल्यान्ड संयुक्त सैन्य अभ्यास गर्दै

फाइल फाेटाे


नेपालखबर
साउन २८, २०७९ शनिबार १९:४, ब्याङ्कक

एसिया–प्रशान्त क्षेत्रमा चीनको बढ्दो सैन्य गतिविधिलाई लिएर संयुक्त राज्य अमेरिका र उसका सहयोगी देशहरू चिन्तित भएका बेला चीन र थाइल्यान्डले संयुक्त सैन्य अभ्यास गर्ने भएका छन्। 

संयुक्त अभ्यासका लागि चीनले आफ्ना लडाकु विमान थाइल्यान्ड पठाउने भएको छ। चिनियाँ वायुसेनाले आइतबार लडाकु र बमवर्षक विमान पठाउने सूचना सार्वजनिक गरेको छ ।  संयुक्त सैनिक अभ्यासमा हवाई सहयोग, स्थलगत लक्ष्यमा आक्रमण तथा सेनाको तैनाथी समावेश हुने चिनियाँ रक्षा मन्त्रालयले जनाएको छ।

अमेरिका र चीनबीच बढ्दो रणनीतिक र आर्थिक प्रतिस्पर्धाले विश्वका विशाल अर्थतन्त्रहरूबीचको तनावले यस्ता सैन्य अभ्यासले द्वन्द्वलाई मत्थर गर्न बल नमिल्ने विश्लेषकहरू बताउँछन्। केही समयअघि अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले थाइल्यान्डको भ्रमण गरेर यस क्षेत्रमा अमेरिकी गठबन्धन र साझेदारीको अनुपम सञ्जाललाई बलियो बनाउने प्रयास गरेका थिए।  

उत्तरी थाइल्यान्डको लाओसको सीमानजिक अवस्थित उडर्न रोयल थाई एयर फोसर्कको आधार शिविरमा हुने संयुक्त अभ्यासमा दुवै देशका लडाकु विमान समावेश हुनेछन्।

अमेरिकाले इन्डोनेसियामा अस्ट्रेलिया, जापान, इन्डोनेसिया र सिङ्गापुरसँग सन् २००९ मा सैन्य अभ्यास प्रारम्भ गर्दै आएको सन्दर्भमा चीनले पनि थाइल्यान्डसँग मिलेर त्यस्तै सैनिक तालिम सुरु गर्न लागेको हो।

एक देश दुई शासन पद्धतिअनुसार शासन व्यवस्था सञ्चालन भएको स्वशासित चिनियाँ टापु ताइवानमा अमेरिकी सभामुख न्यान्सी पेलोसीको भ्रमणपछि चीनले ताइवानको वरपरको जलक्षेत्र र आकाशमा युद्धपोत र क्षेप्यास्त्रसहित सैन्य अभ्यास गरेको थियो।रासस/एपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .