ad ad

ग्लोबल


मिडिया टाइकुन रुपर्ट मर्डोकले ९१ वर्षको उमेरमा गरे चौथो सम्बन्धविच्छेद

मिडिया टाइकुन रुपर्ट मर्डोकले ९१ वर्षको उमेरमा गरे चौथो सम्बन्धविच्छेद

नेपालखबर
साउन २८, २०७९ शनिबार १४:३९, काठमाडौँ

चर्चित मिडिया मालिक रुपर्ट मर्डोक र मोडल जेरी हलबीचको ६ वर्ष लामो वैवाहिक सम्बन्ध सम्बन्धविच्छेदमा टुंगिएको छ। हलका वकिलहरुले सम्बन्धविच्छेद टुंगो लागेको बताएका हुन्।

९१ वर्षीय मर्डोकले यो चौथो सम्बन्धविच्छेद गरेका हुन्। उनले ६६ वर्षीया हलसँग २०१६ मा लन्डनमा विवाह गरेका थिए।

‘जेरी र रुपर्ट मर्डोकले सम्बन्धविच्छेदलाई अन्तिम रुप दिएका छन्,’ हलकी वकिल जुडी पोलरले भनिन्, ‘उनीहरु असल मित्र रहनेछन् र एकअर्कालाई भविष्यको शुभकामना दिएका छन्।’

फोर्ब्सका अनुसार अस्ट्रेलियामा जन्मेका विश्वका थुप्रै चर्चित पत्रिकाहरुका मालिक मर्डोकको सम्पत्ति १७ अर्ब डलर छ।

विवाहअघि नै सम्झौता पत्रमा हस्ताक्षर गरेकाले यो सम्बन्धविच्छेदले मर्डोकको सम्पत्ति धेरै नघट्ने बताइएको छ।

मर्डोक फक्स न्युज, वाल स्ट्रिट जर्नल, न्युयोर्क पोस्ट, टाइम्स अफ लन्डन र द सनजस्ता पत्रिकाका मालिक हुन्।

अस्ट्रेलियाकी विमान परिचारिका प्याट्रिसिया बुकर मर्डोककी पहिली पत्नी थिइन्। जोसँग उनको १९६० को दशकको अन्त्यमा सम्बन्धविच्छेद भएको थियो।

दोस्री पत्नी पत्रकार अन्नासँगको विवाह ३० वर्षभन्दा बढी टिक्यो। १९९९ मा उनीहरुले सम्बन्धविच्छेद गरे।

उनकी तेस्री पत्नी थिइन् वेन्डी देङ। बेलायतका पूर्वप्रधानमन्त्री टोनी ब्लेयरसँग अफेयर चलेको चर्चाबीच २०१३ मा उनीसँग मर्डोकले सम्बन्धविच्छेद गरेका थिए। जसलाई ब्लेयरले अस्वीकार गरेका थिए।

टेक्ससमा जन्मेकी हल चर्चित गायक मिक ज्यागरकी पार्टनर थिइन्, जोसँग उनका चार सन्तान पनि छन्। एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .