ad ad

ग्लोबल


सलमान रुस्दीविरुद्ध हमलापछि तसलिमा नसरिनले गरिन् इस्लामबारे टिप्पणी

सलमान रुस्दीविरुद्ध हमलापछि तसलिमा नसरिनले गरिन् इस्लामबारे टिप्पणी

तसलिमा नसरिन


नेपालखबर
साउन २८, २०७९ शनिबार १०:२८, काठमाडौँ

लेखक सलमान रुस्दीविरुद्ध सांघातिक आक्रमण भएपछि बंगलादेशकी निर्वासित लेखिका तसलिमा नसरिनले टिप्पणी गरेकी छन्।

उनले ट्विट गर्दै भनेकी छन्, ‘उनीविरुद्ध आक्रमण हुन्छ भने इस्लामको आलोचना गर्ने जो कोहीलाई पनि आक्रमण हुन सक्छ।’

तसलिमा नसरिन पनि सन् १९९४ मा आफ्नो किताबका कारण बंगलादेशबाट भागेर भारतमा शरण लिइन्।

उनले ट्विटरमा लेखेकी छन्, ‘मैले थाहा पाएँ कि सलमान रुस्दीविरुद्ध न्युयोर्कमा हमला भएको छ। म स्तब्ध छु। यस्तो हुन्छ होला भनेर सोचेको पनि थिइनँ। उनी पश्चिममा बसिरहेका थिए र सन् १९८९ देखि सुरक्षामा थिए। उनलाई आक्रमण हुन सक्छ भने इस्लामको आलोचना गर्ने जो कोहीलाई पनि आक्रमण हुन सक्छ। म चिन्तित छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .