श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय राजापाक्षे अस्थायी बसोबासका लागि थाइल्यान्ड आइपुगेका छन्। व्यापक प्रदर्शनपछि जुलाई १४ का दिन श्रीलंकाबाट भागेर उनी सिंगापुर पुगेका थिए।
बिहीबार उनी ब्यांककको डन मुआङ विमानस्थलमा चार्टर्ड विमानमार्फत आइपुगेका थिए।
राजापाक्षे थाइल्यान्डमा अस्थायी रुपमा बस्ने अपेक्षा गरिएको छ। तर, उनले राजनीतिक शरण नमाग्ने थाई अधिकारहिरुले बताएका छन्।
‘यो मानवीय विषय हो र यो बसाइ अस्थायी हुने सहमति छ,’ थाई प्रधानमन्त्री प्रयुथ चान ओचाले बुधबार पत्रकारहरुसँग भनेका थिए। थाइल्यान्डमा रहँदा राजापाक्षे कुनै पनि राजनीतिक गतिविधिमा सामेल हुन नमिल्ने उनको भनाइ थियो।
श्रीलंका सरकारकै सहयोगमा राजापाक्षे थाइल्यान्ड आइपुगेको थाइ विदेशमन्त्री डन प्रमुद्विनाइले बताएका छन्।
राजापाक्षेले श्रीलंका छाडेदेखि कुनै सार्वजनिक अभिव्यक्ति दिएका छैनन्। रोयटर्स
Shares
प्रतिक्रिया