लाट्भियाको संसदले रुसलाई ‘आतंकवादको प्रायोजक’ घोषित गरेको छ। त्यस्तै युक्रेनमा रुसको क्रियाकलाप युक्रेनी जनताविरुद्धको नरसंहार भएको भन्दै सो मुलुकका सांसदहरुले संकल्प प्रस्ताव पारित गरेका छन्।
‘संसद रुसलाई आतंकवादको प्रायोजक राज्यका रुपमा पहिचान गर्छ र विचार मिल्ने अरु मुलुकलाई पनि सोही दृष्टिकोण व्यक्त गर्न आह्वान गर्छ,’ संसदको वक्तव्यमा भनिएको छ।
लाट्भियाको संसदले रुसी र बेलारुसी नागरिकहरुलाई पर्यटक भिसा नदिन पनि युरोपेली संघसँग आह्वान गरेको छ।
लाट्भिया बाल्टिक सागरमा लिथुवानिया र इस्टोनियाको बीचमा अवस्थित सानो मुलुक हो। जसको जनसंख्या २० लाख हाराहारी छ।
रुसले भने सो मुलुकको कदमको विरोध गरेको छ।
‘यो निर्णयका पछाडि जनावरको जस्तो जातीय घृणाबाहेक अरु कुनै कुरा छैन। यो विचारधारा राख्नेहरुलाई नवनाजीबाहेक केही भन्न सकिन्न,’ रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जखारोवाले बताएकी छन्।
Shares
प्रतिक्रिया