चिनियाँ सेनाले ताइवाननजिकै आफ्नो सैन्य अभ्यास जारी राखेको छ।
यसअघि आइतबार उक्त क्षेत्रको सैन्य अभ्यास अन्त्य हुने चीनले बताएको थियो। चिनियाँ सेनाका पूर्वी थिएटर कमाण्डले पनडुब्बी आक्रमणबाट बच्न र समुद्रमा छापा मार्ने अभ्यास भइरहेको उल्लेख गरेका छन्।
अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेसँगै चीनले ताइवाननजिकैको क्षेत्रमा आफ्नो सैन्य अभ्यास सुरु गरेको हो।
ताइवानले भने सैन्य अभ्यासको बहानामा चीनले अतिक्रमणको प्रयास गरिरहेको आरोप लगाएको छ। अभ्यासको क्रममा धेरैपटक चीनको लडाकु विमान आफ्नो क्षेत्रमा छिरेको ताइवानको आरोप छ।
अमेरिका, अष्ट्रेलिया र जापानले पनि चीनको सैन्य अभ्यासको आलोचना गरेका छन्। चीनले ताइवानलाई आफ्नो प्रान्त मान्दै आएको छ भने ताइवानले आफूलाई स्वतन्त्र मुलुकको दाबी गर्दै आएको छ।
Shares
प्रतिक्रिया