ad ad

ग्लोबल


रोहिंग्यालाई फर्काउन बंगलादेशले माग्यो चीनसँग सहयोग

रोहिंग्यालाई फर्काउन बंगलादेशले माग्यो चीनसँग सहयोग

नेपालखबर
साउन २३, २०७९ सोमबार २१:५३, ढाका

रोहिंग्या शरणार्थीहरुलाई म्यानमार फर्काउन बंगलादेशले चीनसँग सहयोग मागेको हो। चिनियाँ विदेशमन्त्री वाङ यीको ढाका भ्रमणका क्रममा बंगलादेशले यस विषयमा सहकार्य गर्न प्रस्ताव राखेको छ।

२०१७ मा म्यानमारबाट भागेका ७ लाख रोहिंग्याहरुलाई फर्काउने सहमति जुटाउन चीनले मध्यस्थकर्ताको भूमिका खेलेको थियो।

तर, म्यानमारमा आफूहरुमाथि खतरा आइपर्ने भन्दै रोहिंग्याहरुले फर्केर जान मानेका छैनन्। त्यसमाथि गत वर्षयता  म्यानमारमा सैनिक शासन लागू छ।

चिनियाँ विदेशमन्त्री वाङ शनिबार ढाका आइपुगेका छन्। उनले प्रधानमन्त्री शेख हसिना र विदेशमन्त्री एके अब्दुल मोमिनसँग भेट गरेका छन्। 

बंगलादेशसँग चीनको बलियो आर्थिक सम्बन्ध छ। बंगलादेशमा ५ सयभन्दा बढी चिनियाँ कम्पनी सञ्चालित छन्। बन्दरगाह, सुरुङमार्ग, राजमार्गजस्ता बंगलादेशका सबै प्रमुख पूर्वाधार परियोजनाहरुमा पनि चीन सामेल छ। पद्मा नदीमा बनेको बंगलादेशको सबैभन्दा ठूलो पुल निर्माणमा पनि चीनले सहयोग गरेको थियो।

हालै, ताइवान तनावका बीच बंगलादेशले एक चीन नीतिप्रति प्रतिबद्धता जनाएको छ। २००८ को चुनाव जितेपछि हसिना सरकारले चीनको आग्रहमा ढाकास्थित ताइवानी व्यापारिक प्रतिनिधिको कार्यालय बन्द गराएको थियो।

वैदेशिक मुद्राका ८० प्रतिशतभन्दा बढी हिस्सा भित्र्याउने बंगलादेशको कपडा उद्योग कच्चा पदार्थका लागि चीनमा निर्भर छ। 

आइतबार हसिनासँगको भेटमा वाङले बंगलादेशलाई चीनले रणनीतिक विकास साझेदार मानेको बताए। वाङले हरेक मुद्दामा अन्तर्राष्ट्रिय मञ्चहरुमा चीन बंगलादेशको साथमा उभिने बचन पनि वाङले दिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .