ad ad

ग्लोबल


ताइवाननजिकै अर्को सैन्य अभ्यास गर्दै चीन

ताइवाननजिकै अर्को सैन्य अभ्यास गर्दै चीन

नेपालखबर
साउन २३, २०७९ सोमबार १०:४२, काठमाडौँ

चीनले ताइवाननजिकै अर्को सैन्य अभ्यास गर्ने भएको छ। ताइवानलाई घेरेर गरिएको सैन्य अभ्यास सकिएसँगै चीनले अर्को सैन्य अभ्यासको घोषणा गरेको हो। चीनले अबको सैन्य अभ्यास येल्लो र बोहाइ सागरमा सैन्य अभ्यास गर्ने बताएको छ। 

अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेसँगै चीनले त्यसको जवाफमा ताइवानलाई घेरेर सैन्य अभ्यास गरेको हो। ताइवानले चीनमाथि आक्रमणको अभ्यास गरिरहेको आरोप लगाएको छ। 

आइतबार चिनियाँ सैन्य विश्लेषकले चीनले अब नियमितरुपमा ताइवाननजिकै सैन्य अभ्यास गर्न सक्ने बताएका छन्। चीनले ताइवानलाई आफ्नो प्रान्तको रुपमा लिँदै आएको छ। तर, ताइवानले भने आफू एक छुट्टै स्वायत्त राष्ट्र भएको दाबी गर्दै आएको छ। 

चीन र कोरियाली प्रायद्वीपको बीचमा रहेको येल्लो सागरमा गरिने नयाँ सैन्य अभ्यास शनिबारदेखि सुरु हुनेछ र अगष्टको मध्यसम्म जारी रहनेछ। उक्त सैन्य अभ्यासमा जसमा लाइभ फायर अभ्यास पनि हुनेछन्। 

त्यस्तै चीनको पूर्वी क्षेत्रमा अवस्थित बोहाइ सागरमा पनि शनिबारदेखि नै एक महिना लामो सैन्य अभ्यास सुरु हुनेछ। यसअघि चिनियाँ सेनाका शीर्ष अधिकारीले चीनले ताइवान खाडीको पूर्वी भागमा निरन्तर सैन्य अभ्यास जारी राख्ने बताएका थिए। 

यद्यपि ताइवानको यातायात मन्त्रालयले आफ्नो अधिकांश हवाइ र सामुद्रिक यातायात सेवा सुरु भइसकेको बताएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .