ad ad

ग्लोबल


चीनको सैन्य अभ्यासमा ताइवान सतर्क, भन्यो–लडाकु विमान र युद्धपोतमा कडा निगरानी

चीनको सैन्य अभ्यासमा ताइवान सतर्क, भन्यो–लडाकु विमान र युद्धपोतमा कडा निगरानी

फाइल तस्बिर


नेपालखबर
साउन २३, २०७९ सोमबार ७:१४, काठमाडौँ

अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि चीनले समग्र ताइवानलाई घेरेर उसको निकट क्षेत्रमा ठूलो सैन्य अभ्यास गरिरहेको छ।

ताइवानको रक्षा मन्त्रालयले सामाजिक सञ्जाल ट्वीटरमार्फत आइतबार साँझको सात बजेसम्म आफ्नो नजिकको क्षेत्रमा चिनियाँ जलसेनाकन चार जहाज र ६६ लडाकु विमान देखिएको बताएको छ। 

यद्यपि ताइवानले चिनियाँ सैन्य अभ्यासमा कडा निगरानी बढाइएको चीनले बताएको छ। कुनै पनि परिस्थितिको सामना गर्नको लागि आफ्नो जलसेनाको जहाज, लडाकु विमान र जमिनबाट चल्ने मिसाइल प्रणाली तयार पारेर राखिएको ताइवानले बताएको छ। 

चीनले ताइवानलाई आफ्नो एक प्रान्त मान्दै आएको छ। यस्तो अवस्थामा अमेरिकी अधिकारीले ताइवान भ्रमण गर्नु आफ्नो सम्प्रभुतामाथिको प्रहार भएको चीनको ठहर छ। 

चिनियाँ राष्ट्रपति सि चिनफिङले ताइवानलाई चीनसँग एकीकरणको कार्य पूरा हुने बताएका छन्। उनले त्यसका लागि सैन्य बलको प्रयोग पनि गर्न सकिने पनि उल्लेख गरेका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .