ad ad

ग्लोबल


इजरायली हवाई हमलामा वरिष्ठ कमान्डरको मृत्यु

इजरायली हवाई हमलामा वरिष्ठ कमान्डरको मृत्यु

प्रतिकात्मक तस्बिर


नेपालखबर
साउन २२, २०७९ आइतबार १८:४५, गाजा

दक्षिणी गाजापट्टी सहर रफाहमा भएको इजरायली हवाई हमलामा परी आफ्ना वरिष्ठ कमान्डर खालिद मन्सुरको मृत्यु भएको प्यालेस्टिनी इस्लामिक जिहाद आन्दोलनले आइतबार पुष्टि गरेको छ।

नागरिक प्रतिरक्षा टोलीले इजरायली बमबारी भएको भग्नावशेष घण्टौंसम्म खनेपछि मन्सुर र उनका धेरै साथीको शव निकालेको प्यालेस्टिनी इस्लामिक जिहाद (पीआईजे) ले विज्ञप्तिमार्फत जानकारी दिएको छ।

इजरायल तथा गाजा क्षेत्रमा दुई दिनयता हिंसा भड्किएको बताइएको छ। सो हिंसामा परेर दुई दिनयता २४ जनाको ज्यान गएको र कैयौँ घाइते भएका छन्।

गाजामा चर्किएको हिंसामा परेर २४ जना प्यालेस्टाइनी मारिएका समाचारमा जनाइएको छ। यसरी मारिनेमा छ जना बालबालिका र दुई जना महिला पनि परेका छन्।

प्यालेस्टिनी सो अतिवादी सङ्गठनका विरुद्धमा इजरायलपक्षबाट बमबारी भएको थियो। गाजाको स्वास्थ्य मन्त्रालयले शनिबार प्रकाशन गरेको विज्ञप्तिमा ती प्यालेस्टाइनहरुको ज्यान गएको बताइएको छ। पछिल्लो कारबाहीका क्रममा अरु दुई सयजना भन्दाबढी घाइते भएका छन्।

यसअघि सन् २०२१ को मेमा इजरायलमा दुई सय प्यालेस्टिनी र एक दर्जन इजरायलीको मृत्यु भएको थियो। त्यसपछि त्यहाँ युद्धविराम सम्झौता गरेर युद्ध रोक्ने पहल भएको थियो। त्यसपछि रोकिएको युद्ध पछिल्ला केही दिनमा पुनःसुरु भएको छ।

इजरायलका सैनिक प्रवक्ता अबिचा आदरीले इजरायली सेनाले उक्त अतिवादी समूहलाई लक्ष्य गरेर आक्रमण गरेको जनाएको छ।

इजरायली सेनाले दक्षिणी गाजा स्ट्रिपमा रहेको एक घरमा हमला गरेका थिए। उक्त हमलामा परेर केही प्यालेस्टाइनी मारिएका छन् र ३० जना घाइते भएका थिए। शनिबार इजरायलले प्यालेस्टिनी समूह इस्लामिक जिहादका सदस्यलाई पक्राउ गरेको थियो। रासस/सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .