माल्दिभ्स सरकारले एक-चीन नीतिप्रति आफ्नो प्रतिबद्धतालाई पुन: पुष्टि गरेको छ। तर स्थानीय सञ्चारमाध्यमहरूका अनुसार उसले यसबारे कुनै आधिकारिक वक्तव्य जारी नगर्ने बताएको छ।
विभिन्न सञ्चारमाध्यमका प्रश्नमा जवाफ दिँदै विदेश मन्त्रालयले ‘एक चीन’ नीतिमा माल्दिभ्स प्रतिबद्धत रहेकोमा जोड दिएको छ।तर यस विषयमा आधिकारिक वक्तव्य जारी मन्त्रालयले जनाएको छ।
हिन्द महासागर क्षेत्रमा भारतको प्रमुख छिमेकी माल्दिभ्सले भारतको ‘छिमेकी पहिलो’ नीतिमा विशेष स्थान ओगटेको छ। तर चीन समर्थक माल्दिभ्सका पूर्वराष्ट्रपति अब्दुल्लाह यामिनको नेतृत्वमा ‘इन्डिया आउट’ आन्दोलन सुरु गरेपछि दुई देशबीचको सम्बन्धमा निकै तनाव उत्पन्न भएको थियो।
अब्दुल्ला यामिन माल्दिभ्सको राष्ट्रपति रहँदा भने चीन र माल्दिभ्सको सम्बन्ध बलियाे थियो।
माल्दिभ्ससँग भारतको सम्बन्ध सोलिहको नेतृत्वमा उल्लेखनीय रूपमा बढेको छ यो बहुआयामिक सम्बन्ध धेरै हदसम्म सौहार्दपूर्ण र सहयोगी पनि रहेको छ। साथै हालैका वर्षमा दुवै पक्षले सहयोगका धेरैजसो क्षेत्रमा विशेष गरी विकासको क्षेत्रमा साझेदारीलाई तीव्र पारेको दाबी गरेका छन्।
भर्खरै राष्ट्रपति सोलिहले पदभार ग्रहण गरेपछि अगस्ट १ देखि ४ सम्म तेस्रोपटक भारत भ्रमण गरेका थिए।
भ्रमणका क्रममा थुप्रै महत्त्वपूर्ण सम्झौता र समझदारी ज्ञापन ९एमओयू० को घोषणा गरिएको थियो।
यसैबीच पाकिस्तान र श्रीलङ्का सरकारले पनि एक चीन नीतिप्रति आफ्नो प्रतिबद्धता दोहोर्याइसकेका छन्। रासस/एएनआई
Shares
प्रतिक्रिया