ग्लोबल


जब अग्निनियन्त्रकका छोराछोरी आगोमा बिलाए ....

जब अग्निनियन्त्रकका छोराछोरी आगोमा बिलाए ....

प्रतिकात्मक तस्बिर


नेपालखबर
साउन २१ , नेस्कोपेक, पेन्सिलभेनिया

नेस्कोपेक सहरका स्वयंसेवी अग्निनियन्त्रक ह्यारोल्ड बेकर शुक्रबार बिहानै गर्मी बिदामा पौडी खेल्ने र मनोरञ्जन गर्ने चाहनाले काकाको घरमा बसेका आफ्ना दुई सन्तान भेट्न व्याकुल थिए। दन्दनी दन्केको आगोको ज्वालाले सहरको एउटा घरलाई खरानीमा परिणत गरिरहेको थियो। बेकरले आगो निभाउने ‘होस पाइप’ च्याप्प समातेर आगोमा पानीको फोहोरा सोझ्याए। 

अवर्णनीय पीडा र हतास श्वरमा उनले आफ्नो छोरालाई बोलाए तर जवाफ आएन। बल्ल अग्निनियन्त्रण कार्यालयका प्रमुखले भेउ पाए जलिरहेको घर कसको हो। सहकर्मी अग्निनियन्त्रकहरूले बेकरको हातबाट ‘होस पाइप’ फिर्ता लिए। र, उनलाई कार्यालयमा फर्काए।

आफ्नै परिवारका सदस्य र आफन्तसहित दश जनालाई गुमाएका बेकरले आगो निभाएर मुनाजस्ता आफ्ना दुई सन्तान (एक छोरा, एक छोरी) सम्म पुग्न चाहेको बताएका छन्। आगोले उनीहरूको प्राणपखेरू मात्र लिएन उनको छोराछोरी भेट्ने चाहना अधुरै रह्यो। 

बेकरका आफन्तीको घरमा आगो लाग्दा तीनजना बालबालिकासहित १० जनाको मृत्यु भयो। ज्यान गुमाउनेहरू ५, ६ र ७ वर्षका बालबालिका, १५ वर्षका किशोरदेखि ७० वर्षका वृद्ध छन्। घरका १३ वटा कुकुरको अत्तोपत्तो छैन। आगोले ज्यान गएकाहरूको शवको परीक्षण आगामी साता गरिने अधिकारीहरूले बताएका छन्। उनीहरूका अनुसार घरमा कसरी आगो लाग्यो भन्ने खुलेको छैन। त्यसको अनुसन्धान भइरहेको छ।

बेकरले पाएको आगालागीको सूचनाअनुसार उनको परिवारका सदस्यहरूको बासस्थान नजिकको कुनै घरमा  आगो लागेको थियो तर उनले घटनास्थलमा आइसकेपछिमात्र आफ्नै घर जलेको थाहा पाए। चालीस वर्षदेखि आगो निभाउँदै आएका ५७ वर्षीय बेकरले आगो निभाउन नसकेर आफ्ना सन्तानसहित धेरै आफन्त गुमाए। अधिकारीहरूका अनुसार आगो यति विशाल थियो कि घरभित्र प्रवेश गर्नसक्ने अवस्था नै थिएन। रासस/एपी

साउन २१, २०७९, शनिबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.