रुस र टर्कीले आर्थिक सम्बन्ध बलियो बनाउने बताएका छन्। भ्लादिमिर पुटिन र रेसेप तैयप एर्दोगानबीच रुसको सोचीमा भएको भेटपछि उनीहरुले यस्तो बाचा गरेका हुन्।
शुक्रबार सोचीस्थित पुटिनको निवासमा चार घण्टा लामो वार्ता भएको थियो। त्यसपछि जारी संयुक्त वक्तव्यमा द्विपक्षीय व्यापारको मात्रा बढाउने र आर्थिक तथा उर्जा सम्बन्ध गहिर्याउने उल्लेख छ।
टर्कीले रुसी ग्यासको मूल्य रुबलमै भुक्तानी गर्ने सहमति जनाएको रुसका उपप्रधानमन्त्री अलेक्सान्द्र नोभाकले बताएका छन्।
पश्चिमा नाकाबन्दीका कारण रुस विश्वव्यापी वित्तीय प्रणालीबाट बाहिरिएको छ। जसका कारण आपसमा तनाव हुँदाहुँदै पनि रुस टर्कीसँग आर्थिक सहकार्यका लागि तयार भएको हो।
अर्कोतिर, नेटो सदस्य टर्की बढ्दो इन्धनको मूल्यका कारण संकटमा छ। त्यस्तै, पश्चिम र रुसबीचको बढ्दो तनावको फाइदा उठाउने सोचमा टर्की देखिन्छ।
साउन २१, २०७९, शनिबार
प्रतिक्रिया