ad ad

ग्लोबल


चीनले आक्रमणको अभ्यास गर्‍यो : ताइवान

चीनले आक्रमणको अभ्यास गर्‍यो : ताइवान

नेपालखबर
साउन २१, २०७९ शनिबार १४:४७, काठमाडौँ

चीनले आफूमाथि आक्रमणको अभ्यास गरेको आरोप ताइवानले लगाएको छ। अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेपछि चिनियाँ सेनाले ताइवान घेरेर ठूलो सैन्य अभ्यास गर्दै आएको छ।

शनिबार पनि चिनियाँ सेनाका कयौँ युद्धपोत र लडाकु विमान आफ्नो क्षेत्रमा प्रवेश गरेको ताइवानी रक्षा मन्त्रालयले जनाएको छ।

‘ताइवान जलसन्धिवरिपरि जनमुक्ति सेनाका अनेकौँ वाहन देखिएका छन्। केहीले मध्यरेखा पार गरेका छन्,’ मन्त्रालयले भनेको छ, ‘सम्भावित आक्रमणको नक्कल।’

चीनले यसलाई युद्धाभ्यासको नाम दिएको छ।

माओ चेतुङ नेतृत्वको कम्युनिस्ट पार्टीले १९४९ मा बेइजिङको सत्ता सम्हालेपछि ताइवानले अलग शासन चलाउँदै आएको छ। माओसँग पराजित च्याङ काइ सेकले ताइपेइको सरकार गठन गरेका थिए।

तर, चीनले ताइवानलाई आफ्नै अभिन्न हिस्सा मान्दै आएको छ। अमेरिकाले बेइजिङसँग कूटनीतिक सम्बन्ध राखे पनि ताइपेइलाई सघाउँदै आएको छ। 

चीनको चेतावनीका बाबजुद पेलोसी ताइवान भ्रमणमा गएपछि पछिल्लो तनाव सुरु भएको हो। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .