थाइल्यान्डको चोनबुरी प्रान्तमा रहेको एउटा रात्रि क्लबमा आगलागी हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ।स्थानीय समयअनुसार शुक्रबार राति १ बजे घटना भएको अधिकारीहरूले जानकारी दिएका छन्।
आगलागीमा परी १२ जनाभन्दा बढी घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ।
घाइतेमध्ये नौ पुरुष र चार महिला छन्। उनीहरु सबै थाइल्यान्डकै नागरिक रहेको जनाइएको छ।
घटना भएको थाहा पाउनासाथ स्थानीय, प्रहरी र अन्य उद्धारकर्ता घटनास्थल पुगेर उद्धार गरेका थिए।
घटनास्थलबाट उद्धारकर्ताहरुले १८ जनालाई उद्धार गरेका थिए। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ।
घटनाबारे थप अनुसन्धान सुरु गरिसकिएको र दोषीलाई कारबाही गरिने प्रहरी अधिकारीहरुले जनाएका छन्। रासस/सिन्ह्वा
30
Shares
प्रतिक्रिया