ad ad

ग्लोबल


चीनले अमेरिकासँग रोक्यो सैन्य संवाद, ८ क्षेत्रमा सहकार्य बन्द गर्ने

चीनले अमेरिकासँग रोक्यो सैन्य संवाद, ८ क्षेत्रमा सहकार्य बन्द गर्ने

नेपालखबर
साउन २०, २०७९ शुक्रबार १६:३२, काठमाडौँ

चीनले अमेरिकासँगको विभिन्न आठ क्षेत्रमा सहकार्य रोकेको छ। अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको बदलामा बेइजिङले यस्तो निर्णय लिएको हो।

चिनियाँ विदेश मन्त्रालयले वरिष्ठ सैन्य कमान्डहरुबीचको संवादलाई पनि रोक्ने निर्णय गरेको छ।

त्यस्तै अमेरिकासँग जलवायुुसम्बन्धी वार्ता रोक्ने निर्णय गरिएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ। 

त्यसका अलावा सीमापार अपराध रोकथाम तथा अवैध आप्रवासी फिर्तासहित आठ क्षेत्रमा सहकार्य बन्द गर्ने चीनले बताएको छ।

शुक्रबार नै चीनले पेलोसी र उनको परिवारका सदस्यलाई प्रतिबन्ध लगाउने निर्णय गरेको छ।

चीनको बारम्बारको चेतावनीका बाबजुद पेलोसीले ताइवान भ्रमण गरेपछि बेइजिङले बदलामा यी कदम चालेको हो। यसअघि बिहीबार ताइवानवरिपरि चिनियाँ सेनाले ‘अभूतपूर्व’ सैन्य अभ्यास सुरु गरिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .