ad ad

ग्लोबल


भारतमा मंकीपक्सबाट एक युवकको मृत्यु

भारतमा मंकीपक्सबाट एक युवकको मृत्यु

नेपालखबर
साउन १७, २०७९ मंगलबार ७:१, काठमाडौँ

भारतमा मंकीपक्स संक्रमणको कारण एक युवकको मृत्यु भएको छ। 

दुईदिन पहिले भारतको दक्षिणी राज्य केरलामा मृत्यु भएका एक युवकलाई मंकीपक्स संक्रमण पुष्टि भएको हो। 

हालै संयुक्त अरब इमिरेट्स (यूएई) बाट केरला आएका २२ वर्षीय युवकको शनिबार मृत्यु भएको हो। उनको मृत्युपछि परीक्षण गरिएको नमूनामा मंकीपक्स भाइरस भेटिएको केरलाका स्वास्थ्यमन्त्री वीणा जर्जले पुष्टि गरे। 

मंकीपक्स सङ्क्रमण पुष्टि भएका मृतक युवकको सम्पर्कमा आएका बीस जनालाई ‘उच्च जोखिम’ को रूपमा वर्गीकृत गरी चिकित्सकको निगरानीमा राखिएको छ। 

केरलामा भाइरस संक्रमणबाट मानिसको मृत्यु भएपछि राज्य सरकारले उनको मेडिकल रिपोर्ट चेकजाँच गर्न उच्चस्तरीय समिति गठन गरेको जनाएको छ।

विश्वका विभिन्न देशमा मंकीपक्स भाइरस फैलिएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले गत महिना यसलाई विश्वव्यापी स्वास्थ्य सङ्कटका रूपमा घोषणा गरेको थियो। रासस/एएनआई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .