ad ad

ग्लोबल


स्नेक आइल्यान्डबाट रुसले हटायो सेना

स्नेक आइल्यान्डबाट रुसले हटायो सेना

नेपालखबर
असार १६, २०७९ बिहिबार १८:४०, काठमाडौँ

काला सागरमा अवस्थित स्नेक आइल्यान्डबाट रुसी सेना हटेको छ। युक्रेनमाथि आक्रमण गरेलगत्तै रुसले सो टापु कब्जामा लिएको थियो। 

रुसले अन्न निर्यातलाई नरोकेको भन्दै सद्भावनास्वरुप सो कदम चालेको रुसले बताएको छ। तर, युक्रेनले भने आफूहरुको लगातारको आक्रमणपछि टापुको रक्षा गर्न नसकेर रुसी सेना त्यहाँबाट बाहिरिएको बताएको छ।

सो टापु चारैतिरबाट आक्रमण गर्न मिल्ने स्थानमा छ। त्यसैले त्यसको रक्षा गर्न कठिन भएको बताइएको छ।

सो टापु युक्रेनी किनारबाट मात्र ३५ किलोमिटरको दुरीमा छ। जहाँ क्षेप्यास्त्र, तोप र ड्रोनसमेतले आक्रमण गर्न सकिन्छ।

पछिल्लो समय युक्रेनले टापुमा तैनाथ गरिएका रुसी सैनिक, हतियार र वरिपरिका जहाजमाथि पनि आक्रमण गरेको जनाएको छ।

युक्रेनको काला सागरको किनारामध्ये ठूलो हिस्सा रुसको कब्जामा थियो। स्नेक आइल्यान्ड पनि रुसको कब्जामा हुँदा युक्रेनको नियन्त्रणमा रहेको बन्दरगाह सहर ओडेसाले पनि नाकाबन्दी झेलिरहेको थियो। त्यसैले ठूलो मात्रामा युक्रेनले अन्न निर्यात गर्न सकेको छैन। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .