ad ad

ग्लोबल


युक्रेनको  पोल्तावा सहरस्थित औद्योगिक क्षेत्रमा रुसको आक्रमण, १८ जनाको मृत्यु

युक्रेनको  पोल्तावा सहरस्थित औद्योगिक क्षेत्रमा रुसको आक्रमण, १८ जनाको मृत्यु

नेपालखबर
असार १५, २०७९ बुधबार ७:४४, काठमाडौँ

रुसले गरेको क्षेप्यास्त्र आक्रमणमा परी युक्रेनको पोल्तावा सहरस्थित औद्योगिक क्षेत्रमा कम्तीमा १८ जनाको मृत्यु भएको छ।

क्रेमेन्चुक औद्योगिक क्षेत्रमा सोमबार रुसले ख—२२ (रसियन : एक्स—२२) नामक क्षेप्यास्त्र प्रहार गरेको थियो। आक्रमणमा परेका अरु ३६ जना अझै सम्पर्कविहीन रहेका छन्। उनीहरूको खोजी भइरहेको छ।

“घटनामा परी घाइते भएकामध्ये २५ जनालाई सघन उपचार कक्षमा राखेर उपचार गराइएको छ,” एक सरकारी अधिकारीले भने। स्थानीय अधिकारीले आक्रमणका कारण ठूलो मात्रामा भौतिक संरचनामा समेत क्षति पुगेको जानकारी दिएका छन्। 

आक्रमण भएका बेला झन्डै एक हजार मानिस घटनास्थलमा रहेका थिए। घटनामा परी हताहती भएकाहरूको यकिन भइसकेको छैन। जर्मनीमा जी–७ शिखर सम्मेलन चलिरहेको र त्यसको मुख्य एजेण्डा युक्रेनमाथि भएको आक्रमणलाई बनाइरहेका बेला रुसले अर्को निर्मम आक्रमण गरेको हो। 

गत फेब्रअरी २४ देखि सुरु भएको आक्रमण अहिलेसम्म पनि जारी छ। रुस–युक्रेन युद्ध अन्त्यका लागि सुरुमा दुई पक्षीय वार्ता भए पनि अहिले वार्ता पनि रोकिएको छ। 

बाह्य तथा अन्तर्राष्ट्रिय दबाब भइरहे पनि रुस र युक्रेन दुवै आ–आफ्नो अडानमा रहेकाले युद्ध तत्काल रोकिने कुनै सङ्केत देखिएको छैन। 

निरन्तरको युद्धका कारण युद्धमा प्रत्यक्ष संलग्न दुवै देशसँगै विश्वलाई नै धेरै क्षति भएको छ। मानवीय, राजनीतिक र आर्थिक असर बढी देखिएको छ। रासस/एएनआई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .