ग्लोबल


युक्रेन युद्ध सुरु भएपछि पहिलोपटक विदेश भ्रमणमा जाँदै पुटिन

युक्रेन युद्ध सुरु भएपछि पहिलोपटक विदेश भ्रमणमा जाँदै पुटिन

नेपालखबर
असार १४ , काठमाडौँ

रुसले युक्रेनमाथि आक्रमण सुरु गरेपछि पहिलोपटक रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले एसियाली देशहरू – ताजिकिस्तान र तुर्कमेनिस्तानको भ्रमण गर्ने भएका छन्। 

रोसिया–१ राज्य टेलिभिजन स्टेशनका क्रेमलिन संवाददाता आरपावेल जरुबिनले राष्ट्रपति पुटिनले ताजिकिस्तान र तुर्कमेनिस्तानको भ्रमण गर्ने र त्यसपछि मस्कोमा वार्ताका लागि इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोलाई भेट्ने कार्यक्रम रहेको उल्लेख गरेका छन्।

त्यसैगरी दुशान्बेमा पुटिनले ताजिकस्तानका राष्ट्रपति इमोमाली रहमोनलाई भेट्ने छन्। राष्ट्रपति इमोमाली रहमोन रुसका निकट सहयोगी हुन् भने पूर्व सोभियत राज्यका सबैभन्दा लामो समयसम्म शासन गर्ने शासक पनि हुन्।

यसैगरी अस्गाबातमा उनले अजरबैजान, काजाकिस्तान, इरान र तुर्कमेनिस्तानका नेतासहित क्यास्पियन राष्ट्रहरूको शिखर सम्मेलनमा भाग लिने कार्यक्रम रहेको पनि जारुबिनले बताएका छन्।

युक्रेनमा आक्रमणपछि रुसी नेताको यो पहिलो विदेश भ्रमण हो जुन मस्कोमाथि लगाइएका थुप्रै प्रतिबन्धपछि सार्वजनिक भएको छ। यसबाहेक, जर्मनीमा हुन लागेको जी–७ शिखर सम्मेलनमा युक्रेनका विषयमा विशेष ध्यान केन्द्रित हुने जनाइएको छ। जी–७ शिखर सम्मेलनको सन्दर्भमा बभेरियन आल्प्समा भेला भएका विश्वका धनी राष्ट्रहरूका नेताहरूले युक्रेनलाई वार्ताको मुख्य विषयका रूपमा प्रस्तुत गर्ने सङ्केत गरिसकेका छन्। 

यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले रूसी सुनको आयातमा प्रतिबन्ध लगाउने बताएका छन्। सुन रूसको लागि दशौँ अर्ब डलरको ठूलो निर्यातको वस्तु हो। यसअघि पनि बाइडेनले ट्वीट गर्दै ‘संयुक्त राज्य अमेरिकाले पुटिनलाई युक्रेनविरुद्धको युद्धका लागि आवश्यक पर्ने ठूलो रकम उठाउने निर्यात हुने वस्तुहरू माथि प्रतिबन्ध लगाइसकेको’ सङ्केत गरेका छन्।

त्यस्तै जी–७ देशहरूले रूसी सुनको आयातमा प्रतिबन्ध लगाउने पनि बताउँदै आएका छन्। रुसविरुद्धका यस्ता कदमहरू सुरुमा बेलायतले सार्वजनिक गरेको थियो। नाम नछाप्ने सर्तमा एक वरिष्ठ अमेरिकी प्रशासन प्रतिनिधिले बताएअनुसार जी–७ ले मङ्गलबार सुन आयात प्रतिबन्धको आधिकारिक घोषणा गर्नेछ।

जर्मन चान्सलर ओलाफ स्कोल्जसँग राष्ट्रपति बाइडेनको बैठकको विषय युक्रेन वार्ता हुने सङ्केत ह्वाइट हाउसले गरेको छ। ‘नेताहरूले युक्रेनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताप्रति आफ्नो प्रतिबद्धतालाई जोड दिएका छन्। साथै युक्रेनलाई रुसी आक्रमणबाट लोकतन्त्रको रक्षा गर्न मद्दत गर्न सैन्य, आर्थिक, मानवीय र कूटनीतिक समर्थनको निरन्तरतालाई जोड दिएका छन्’, ह्वाइट हाउसको विज्ञप्तिमा भनिएको छ।

विज्ञप्तिमा नेताहरूले विश्वव्यापी खाद्य र ऊर्जा सुरक्षामा युक्रेनमा रुसको युद्धको प्रभावलाई कम गर्ने प्रयासहरूबारे पनि छलफल गरेको बताइएको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सोमबार (स्थानीय समय) अनुसार समूह अफ सेभेन (जी–७) का नेताहरूलाई रुसमाथि तीव्र प्रतिबन्धका लागि पश्चिमी राष्ट्रहरूलाई दबाब दिनेछन्। ऊर्जाको बढ्दो लागत, विश्वव्यापी खाद्यान्न अभावको डर र युद्धको थकानले द्वन्द्व अब कता जान्छ भन्ने चिन्ताको विषय बनेको छ।

जेलेन्स्कीले यसहप्ताको म्याड्रिडमा नाटो शिखर सम्मेलनलाई पनि सम्बोधन गर्ने योजना बनाइरहेका छन्। मस्कोमा तीव्र प्रतिबन्ध र रूसी आक्रमणकारीहरूलाई पराजित गर्न थप हतियारको व्यवस्थाका लागि पश्चिमलाई दबाब दिइएको सीएनएनले उल्लेख गरेको छ। रुसले तत्कालीन युक्रेनी भूभाग (क्रिमिया) गाभेपछि सन् २०१४ मा जी–८ बाट रुस बाहिरिएको थियो। रासस/एएनआई

असार १४, २०७९, मंगलबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.