ग्लोबल


ताइवानको वायु क्षेत्रमा छिरे २९ चिनियाँ लडाकु विमान

ताइवानको वायु क्षेत्रमा छिरे २९ चिनियाँ लडाकु विमान

सांकेतिक तस्बिर


नेपालखबर
असार १३ , काठमाडौँ

चीनले ताइवानको वायु रक्षा क्षेत्रमा २९ वटा लडाकु विमान पठाएको छ।

ती विमानहरू मध्ये १७ वटा लडाकु विमान, ६ बमवर्षक र अन्य सहयोगी विमानसहितका लडाकु विमान दक्षिणपश्चिम क्षेत्रबाट मङ्गलबार टापुको वायुरक्षा पहिचान क्षेत्रमा प्रवेश गरेको द स्टार अखबारले रक्षामन्त्रालयलाई उद्धृत गर्दै बताएको छ।

यसअघि शुक्रबार अमेरिकी नौसेना पी–८ ए  पोसेइडोन टोही विमान ताइवान स्ट्रेटमाथि उडेको थियो।

ताइवान स्ट्रेटमा अमेरिकी निगरानी विमानको उडान ‘स्वतन्त्र र खुला इन्डो-प्यासिफिकको लागि अमेरिकाको प्रतिबद्धता’ को प्रदर्शनको रूपमा बुझ्ने गरिन्छ।

ताइवानको विषयमा चीनले पछिल्लो समय सुरक्षा व्यवस्थालाई कडा पार्ने प्रयास गरिरहेको छ भने अमेरिकाले पनि यस विषयलाई अत्यन्तै महत्त्वपूर्ण रणनीतिक चासोका साथ अध्ययन गरिरहेको छ।  रासस/एएनआई

असार १३, २०७९, साेमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.